

रौतहट १० मसिर ।
न्यु होप एकेडमी गौर ५ का बालबालिकाहरूले जाजरकोट र रूकुममा भएका भूकम्प पिडितहरूलाई राहत सहयोग वापत रू पाँच हजार नगद नेपाल रेडक्रस सोसाईटी रौतहट शाखालाई आज हस्तान्त्रण गरेको छ ।
एकेडेमीका प्रिन्सिपल संजिव कुमार केसरी ,शिक्षक रन्जित झा,राजेश्वर साह लगायत विद्यार्थीको टिमले नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका अधिकृत कपिलदेव पंडित र शाखाका सदस्य रामएकवाल साहलाई नगद हस्तान्तरण गरेका हुन ।
बाल बालिकाहरुले आफनो एक दिनको खाजा नखाइ राहतमा दिएका हुन ।