Take a fresh look at your lifestyle.
npa 9 suchana

लामो समयदेखि कार्यालय प्रमुख नहुँदा कार्यालयको कामकाज प्रभावित

gadhimai nagar palika ko suchana
suchana gadhimai

लामो समयदेखि कार्यालय प्रमुख नहुँदा कार्यालयको कामकाज प्रभावित
, रौतहट १९ मंसिर ।
इलाका प्रशासन कार्यालय गरुडा रौतहटमा लामो समयदेखि कार्यालय प्रमुख नहुँदा कार्यालयको कामकाज प्रभावित हुदैै गएको छ ।
गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय गरुडाको कार्यालय प्रमुखको रुपमा शाखा अधिकृत वा निमित प्रमुखको नयाँ व्यवस्था नगर्दा एक महिनादेखि सेवा प्रभावित हुदै गएको सेवाग्राहीको गुनासो रहेको छ ।
निमित कार्यालय प्रमुख नायव सुब्बा रामस्वार्थ राय यादवको छ महिनाको समयावधि सकिएको र मन्त्रालयले समयावधी थप नगरेकोले सेवाग्रही मर्कामा पर्नुको साथै सेवा प्रभावित हुदै गएको गुनासो छ ।
इलाका प्रशासन कार्यालय गरुडाको कामकाजका लागि मन्त्रालयले नायब सुब्बा यादवलाई निमित प्रमुखको जिम्मेवारी दिएको समयावधि गत कार्तिक १५ गते सकिएका हुन ।
विगत चार वर्षदेखि कार्यरत यादवलाई मन्त्रालयले पटक पटक निमित प्रमुखको जिम्मेवारी दिदैआएको थियो ।
कार्यालय प्रमुखको व्यवस्था नगर्दा नागरिकता वितरण, मधेसी, दलित, जनजाति प्रमाणीकरण तथा सिफारिस गर्ने लगायतका सेवा प्रभावित हुदै गएको गुनासो छ ।
सेवाग्राहीको कामकाज प्रभावित नहोस भन्ने उद्देश्यले अर्को कार्यालय प्रमुखको व्यवस्था नहुन्जेलसम्मको लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत मणिभुषण साहलाई इलाका प्रशासन कार्यालय गरुडामा पठाइएको छ ।
जिल्ला प्रशासन कार्यालय गौरले प्रशासकीय अधिकृत साहलाई इलाका प्रशासन कार्यालयमा कामकाज गर्न खटाएपनि दुई ठाउँको जिम्मेवारीमा रहेका प्रशासकीय अधिकृत साह नियमित इलाका प्रशासन कार्यालय गरुडामा बस्न नसक्दा सेवाग्राहीको काममा ढिलासुस्ती भइरहेको गुनासो छ ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले इलाका प्रशासन कार्यालय गरुडाको निमित प्रमुखको जिम्मेवारीको म्याद सकिएको विषयमा गृह मन्त्रालयलाई जानकारी गराई सकिएको र गृह मन्त्रालयले अब चाडै त्यहाँ नयाँ कार्यालय प्रमुख पठाउन लागेको बताए।
२०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालय गरुडा स्थापनाकालदेखि नै निमित्तको भरमा चल्दै आएको छ। अधिकृतस्तरको दरबन्दी भए पनि मन्त्रालयले अधिकृत पठाउन सकेको छैन।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.