Take a fresh look at your lifestyle.
npa 9 suchana

आफुले शिलान्यास गरेको राम मन्दिरको प्राण प्रतिष्ठा हुदाँ खुशी ः गुप्ता

gadhimai nagar palika ko suchana
suchana gadhimai


रौतहट, ७ माघ ।
गौर ५ मा रहेको राम मन्दिर पुर्व नगर प्रमुख अजय गुप्ताको सहयोगमा नवनिर्माण भइ प्राण प्रतिष्ठा हुन लागेकोमा पुर्व नगर प्रमुख अजय कुमार गुप्ताले खुसी ब्यक्त गरेका छन ।
आफू नगर प्रमुखमा रहदा आफुले पाउने ३ महिनाको सेवा सुविधा सहयोग गरी मन्दिरको जग हालेको बताएका छन । गौर नपाका पूर्व मेयर अजय कुमार गुप्ताको प्रयासमा २०७६ साल जेष्ठ महिनामा शिलान्यास गरी गौर नपा वडा नं ५ मातपोत तथा भुमि सुधार कार्यालयको पश्चिमपट्टि रहेको पुरानो भगवान श्रीरामको मन्दिर निर्माणका लागि कार्य अगाडि बढाइएको थियो ।
सो निर्माण कार्य उहाँकै कार्यकालमा सम्पन्न समेत भइ उद्दघाटन भएपनि मन्दिर को प्राण प्रतिस्ठा भने संयोगवस अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका दिन नै परेको हो ।
मन्दिर निर्माणका लागि पूर्व मेयर गुप्ताले तत्कालीन समय नेपाल सरकारको तर्फबाट पाउने पर्ने सेवासुविधा वापतको प्रतिमाह रू. ३४ हजार ५ सयको दरले आफ्नो ३ महिनाको तलब १ लाख १३ हजार ५ सय रूपैयाँ निर्माण कार्यको लागि दिएका थिए भने सो मन्दिरलाई भव्य रूपमा बनाउन आफ्नै कार्यकालमा नगरपालिकाबाट आर्थिक वर्ष २०७६ देखि २०७८ सम्ममा ४० लाख रकम विनियोजन गरि श्रीराम मन्दिरको निर्माण गराएका छन् ।
जिल्लाबासीलाई पनि धार्मिक कार्यमा केही आर्थिक सहयोग गर्ने अवसर मिलोस भने उदेश्यका साथ श्रीभद् भागवान महापुराण भागवत महापुराण साप्ताह ज्ञान महायज्ञको गौर राईस मिलको प्राङ्गणमा आयोजना गरि तत्कालीन मधेश प्रदेशका सभामुख एवं वर्तमान मुख्यमन्त्री सरोज कुमार यादवलाई पूर्व मेयर गुप्ताको पहलमा प्रमुख अतिथिको रूपमा आएका थिए ।
महायज्ञमा आउने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत श्रद्धालु भक्तजनहरूले आ–आफ्नो इच्छाशक्तिले आर्थिक सहयोग गरेका थिए त्यस सहयोगले श्रीराम मन्दिरको अन्य निर्माण कार्य भएको पूर्व मेयर गुप्ताले बताए ।
भोलि सोमवार विश्व भरी श्रीराममै भईरहेको अवस्थामा आफ्नो नगरीमा आफू तत्कालीन गौर नपाका मेयर हुदा मर्यादा पुरूषोतम श्रीराम भगवानको मन्दिर शिलान्यास देखि सम्पूर्ण निर्माण कार्य गर्ने अवसर पाएको बताए । सो मन्दिरमा भोलि प्राण प्रतिष्ठान समेत हुने सुखद् खबर सुनेर आफू धेरै भाग्यशाली महशुस गरेको उनले बताए् ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.