विभिन्न पालिकाहरुमा रामजानकी मन्दिरमा पुजा पाठ,
,रौतहट, ८ माघ ।
भगवान रामको मन्दिर अयोध्यामा प्राण प्रतिष्ठा गरेको अवसरमा आज रौतहटका विभिन्न पालिकाहरुमा रामजानकी मन्दिरहरुमा पुजा पाठ, यज्ञ, हवन, अष्टिजाम लगायत धार्मिक कार्यको गरेका छन ।
। चन्द्रपुर चौक बाट शुरु भएको बाजागाजा सहित शोभा यात्रा शान्तिनगरको रामजानकी मन्दिरमा पुगेको थियो । चन्द्रपुर ६ शान्तिनगरमा रहेको राम जानकी मन्दिरमा भक्तजनहरुले पुजा पाठ गरेका थिए ।
रामजानकी मन्दिरमा भक्तजनहरुले पुजा गरेको रामजानकी मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष राजन बोगटीले बताए ।
जिल्लाका सदरमुकाम गौर नगरपालिका ५ मा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका साथै भतmजनहरुले पुजा पाठ गरेका छन ।
दुर्गा भगवती गाउँ पालिकाको वडाहरुमा विभिन्न किसिमका झाकीहरु प्रदर्शन गरिएको छ । स्थानीय युवाहरुको सहभागितामा मोटरसाइकल –याली निकालेएर गाउँपालिकाको वडा परिक्रमा गरिएको थियो ।
संघिय साँसद किरण साहको नेतृत्वमा “जय श्री राम, जय जय श्री राम” को नाराहरु लगाउदै मोटरसाइकल –याली प्रर्दशन गरेको छ ।
यस्तै गरुडामा युवाहरुले मोटरसाइकल –याली निकालेका छन । गरुडा, राजदेवी, देवाहीगोनाही, परोहा, इशनाथ, बौधीमाई, मौलापुर, माधवनारायण, गढीमाई, वृन्दावन, फतुवा विजयपुर, गुजरा र चन्द्रपुर नगरपालिकामा उत्साह जनक श्रीरामको मन्दिरहरुमा भतmजनहरुले पुजा गरेका छन ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments