Take a fresh look at your lifestyle.
npa 9 suchana

मधेश प्रदेश सरकारको अनुदानमा व्यापक भ्रष्टाचार– महासचिव पोखरेल

gadhimai nagar palika ko suchana
suchana gadhimai

मधेश प्रदेश सरकारको अनुदानमा व्यापक भ्रष्टाचार– महासचिव पोखरेल
शैलेन्द्र झा, रौतहट १८ माघ ।
नेकपा एमाले रौतहटको प्रथम प्रतिनिधि परिषद बैठक आज गौरमा सम्पन्न भएको छ । सो प्रतिनिधि बैठकको उदघाटन गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेशमा जसपा , लोसपा र जनमतले मधेशको आफै मसिहा ठानेका छन । राष्ट्रिय पार्टी होइन चर्चा गरे पनि बेटी बचाउ बेटी पढाउमा साइकल खरिदमा व्यापक भ्रष्टाचार भएकोले कर्मचारीहरु फसिदै गएको बताएका छन ।
उनले गत निर्वाचनमा जसपा र एमालेको तलमेलले जसपालाई फाइदा भएको बताए । मधेश प्रदेशमा ३२ वटा सिटमा १६ वटा एमाले र १६ वटामा जसपा लडेका थिए । एमाले ८ सिट र जसपाले ६ सिटमा निर्वाचित भए । केही ठाउँमा जसपा र एमाले प्रतिस्पर्धामा रहेको थियो । प्रतिस्पर्धामा रहेको ठाउँ मध्ये एमाले २ सिटमा निर्वाचित भए तर जसपा कतैबाट निर्वाचित भएन यसले देखाएको छ जस ठाउँ जसपाले तालमेल गरयो त्यस ठाउँ जिते । अनुदानको पैसा मधेशी जनताको लागी खर्च भइ रहेको छैन भ्रष्टाचार भइ रहेको उनले आरोप लगाए । तराई मधेशलाई अन्न भण्डार भन्ने ठाउँमा अहिले वर्षातको सिजनमा डुवान हुने हिउदे सिजनमा वर्षा नभएर बाली नहुने अवस्थामा पुगेको उनले स्पष्ट पारे ।
नाकावन्दीको वेलामा भारत सरकारबाट निम्तो आएको थियो तर प्रधान मन्त्री केपी शर्मा ओली भारत गएन । नाकावन्दी खुले पछि भारत जाँदा भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले प्रधान मन्त्री केपी शर्मा ओली सँग प्रश्न गरे भारत विरोधी नेपाल कहिले देखी भएको , भारतले नेपालमा धेरै योजनाहरुमा वजेट विनियोजन गरेको , धेरै योजना भारत सरकारबाट बनेको जस्ता बखान सुने पछि प्रधानमन्त्री केपी शर्मा ओलीले भने जनता पिडामा रहेकोले भारत भ्रमणको औचित्य नरहेको बताउदै भारत सरकारले निर्माण गराउन लिएका योजनाहरु अलपत्र रहेको हामी नजिकबाट नियाल्दै आएको बताए । हुलाकी सडकको १० भयो निर्माण भएन । अव आफै निर्माण गराउछु भनेर भारत भ्रमणबाट आए पछि १३ अर्ब रुपैयाँको वजेट विनियोजन गरी निर्माण कार्य शुरुवात गरेको स्मरण महासचिव शंकर पोखरेललेगराएका थिए । मौका पाएको बेला एमालेले काम गरेर देखाएको बताए ।
अहिले कर्मचारीको तलब खुवाउने अवस्थामा कठिनाई भइ रहेको बताउदै आन्तरिक ऋण लिएर कर्मचारीको तलब दिने अवस्थाको सिर्जना भएको छ । एमालेको सरकार रहेको बेला सरकारको ढुकुटी बलियो थियो । पैसा कहाँ गएको होला भने पोल अहिले खुलेको छ । सुन तस्करमा पैसा प्रयोग भएको थियो । नक्कली कम्पनी बनाएर एक क्युन्टल सुन खरिद भएको रहस्य बाहिर आएको उनले बताए । एमालेले सुन तस्करलाई कारवाई गर्न जोडदार माग गरे पछि सुन तस्करी बन्द भएको स्मरण गराउदै उनले अहिले बजारमा पैसा फला फाल छ । नेपाल राष्ट्र बैकले पैसा तान्दैछ । ऋण लिने कोइ छैन । बैकको ऋण लगानी भएन भन्ने बचतकर्ताको पैसाा ढुवने स्थिति रहेको छ । खराब तत्वको संलग्नताले वर्तमान सरकारको हालत यस्तो पुगेको उनले बताए । तराई मधेशमा एमालेको विकल्प छैन उनले भन्दै एमालेलाई घेरावन्दीमा राखेको छ । देश बनाउनका लागी एमालेलाई घेरावन्दी गरेको हो कि देश विग्रानका लागी गरेको हो भन्ने बुझन जरुरी रहेको उनले बताए । एमाले सरकारमा रहेको वेला विदेश जानेको संख्यामा कमी थियो भन्ने अन्य दल सरकारमा भएको बेला विदेश जानेको संख्या बढी हुने गरेको बताउदै अन्य दलले जनपक्षीय कार्य नगरेको कारण निरास भएर जनता विदेश पलाएन हुने गरेको आरोप उनले लगाएका थिए । मुलुकको अर्थ तन्त्र तहस नहस भएको छ । एमाले सरकारमा भएको वेला धेरै योजनाहरु कार्यवन्यन भए धेरै योजनाको स्वीकृत भए , क्यौ योजना निर्माण , विजुली निर्यात हुने अवस्थामा पुगेको बताए । १८ घण्टा लोड सेडिङ्ग रहेको वेला एमाले सरकारमा जादाँ विजुलीमा सुधार आएको स्मरण गराउदै एमालेमा रहदाँ माधव कुमार नेपाल गदारी गरी निस्के पनि एमाले ७७ जिल्ला मध्ये ४४ जिल्लामा पहिलो पार्टी बनेको बताए । वाँकी जिल्लामा सवै दल मिले पनि एमालेको वरावरमा छैन उनले भने । ७ प्रदेश मध्ये ६ प्रदेशमा एमाले पहिलो रहेको बताए । नेपालको पानी नेपालीलाई , हुलाकी सडक निर्माण ,सदरमुकामको विस्तार ,सुनकोशी परियोजना अध्ययन गर्न , राज्य मार्गबाट सदरमुकाम सम्म फोरलैनको बाटो विस्तारको योजना एमाले सरकारको पाला बनाइएको थियो । नेकपा एमालेका जिल्ला अध्यक्ष सचिदान्नद साहको अध्यक्षतामा केन्द्रिय सदस्य अजय कुमार गुप्ता , लेखा समितिका राजकिशोर प्रसाद यादव , माननीय ज्वाला साह , उद्धव रेग्मी , पुर्व मानीय रेखा झा , मणिशकर निधि , पुर्व माननीय ववन सिह , पुर्व उपमेयर अशु सिह , गरुडा नगर पालिकाका मेयर कन्थमणी जयसवाल , देवाही गोनाही नगर पालिकाकी उपमेयर लगायतका नेताहरुको सहभागितामा विभिन्न पालिकाबाट छनौट गरिएको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.