Take a fresh look at your lifestyle.
npa 9 suchana

काठ सहित तस्कर पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

काठ सहित तस्कर पक्राउ
, रौतहट २० माघ ।
जिल्लाका विभिन्न स्थानबाट ४ वटा सालको गोलिया सहित तस्करलाई वन सुरक्षा टोलिले
पक्राउ गरेको छ।
वृन्दावन र चेतनगर सब–डिभिजन क्षेत्रको वनबाट लुकिछिपी कटान गरी ल्याइरहेको अवस्थामा चार थान साइकल, चार थान सालको गोलिया‚ एक थान मोटरसाइकलसहित तस्करलाई सुरक्षाटोलीले पक्राउ गरेका हुन ।
सहायक वन अधिकृत अनिल महतोको कमाण्डमा गएको टोलीले काठ तस्कर गढीमाई नगरपालिका–९ का राकेशकुमार साहलाई पक्राउ गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताएका छन । साथै उनले प्रयोग गरेको बिआर ०६ बिके ५७६९ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रमुख मिश्रले बताए।

यमुनामाई गाउँ पालिकाको सुचना

बरामद १८ क्युफिट काठ‚ साइकल , मोटरसाइकल वृन्दावन सब–डिभिजन वन कार्यालयको नियन्त्रणमा रहेको छ। पक्राउ परेका काठ तस्कर राकेशलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय चन्द्रनिगापुर पठाइएको छ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.