Take a fresh look at your lifestyle.
npa 9 suchana

एमालेका सरकार ढलेको कारण रौतहटका जनता पिडामा

gadhimai nagar palika ko suchana
suchana gadhimai

एमालेका सरकार ढलेको कारण रौतहटका जनता पिडामा
, रौतहट २५ माघ ।
नेकपा एमालेका राष्ट्रिय अध्यक्ष तथा पुर्व प्रधान मन्त्री केपी शर्मा ओलीले १० औ रौतहट जिल्ला अधिवेशनलाई उदघाटन गर्दै नेकपाको सरकार ढलेका कारण नदी नियन्त्रण तथा लाल बकैया नियन्त्रण हुन नसेको बताएका छन ।
रौतहटका जनता सधै पिडामा पर्ने , नदी नियन्त्रण नहुने ,लाल बकैयाबाट पिडित हुने जस्ता समस्यालाई समाधान गर्न नेकपा एमाले लागेका थिए तर केही समयमा सरकार ढल्यो उनले बताए ।
मधेशका विकास गर्न खेती योग्य जमिनलाई सिन्चित गर्न सुनकोशीको डाइभर्सन सिलान्यास गरेका थिए । सो बाट १ लाख ८५ विगहा सिन्चित हुने लक्ष्य रहेको थियो । रौतहट ,वारा ,पर्सा , सर्लाही सिरहा लगायतका जिल्लामा पानीको अभाव सिर्जना हुने थिएन उनले भने ।
रौतहटमा आउदा मलाई छुटै अनुभुति हुने गरेको बताउदै ५० साल पहिला मलाई रौतहटबाट नै गिरफतारी भएको बताए । २०३० सालको मसिर ३ गते गिरफतार भए देखि गरुडाबाट चन्द्रनिगाहपुर हुदै विरगज लगिएको उनले स्मरण गराएका थिए ।
गौर चन्द्रपुरको सडक , नदी नियन्त्रण ,खानेपानी , जस्ता कार्यलाई पुरा गराउन मिशन ८४ लाई साथ दिन सम्पुर्ण रौतहटवासी सँग आग्रह गर्दै १० औ जिल्ला अधिवेशनले पार्टीको अभिभारा काँधमा बोक्नेलाई दिन आग्रह गदै शुभकामना व्यतm गरेका थिए । जनताको सरकार बनाउन , देशको सरकार बनाउन , जनताको आकक्षा पुरा गर्न नेकपा एमालेको सरकार बनाउन आवश्यकता रहेको स्पष्ट अध्यक्ष ओलीले पारेका थिए ।
नेकपाको सरकार रहदाँ पैसा छैन भने गित गाउदैन , कर्मचारीको तलबमा बढहोरी गरेका छन , बाटो विस्तार विमानस्थालको निर्माण जस्ता क्यौ योजनाहरु बनाएका छन । एमालेको सरकार भए निजगढ विमान स्थल बन्ने थियो बताउदै उनले निर्माण भएका विमान स्थल चलाउन नसकेको वर्तमान सरकार निकामका रहेको सावित भएको बताए ।
वर्तमान सरकार राम्रो काम गरेको छैन एमालेले जुन विकास थालनी गरेको थियो त्यो अलपत्र पारेका छन उनले भने ।
भ्रम फैलाउने तत्वले सोझा सिधा जनतालाई भडकाउने तथा उपलब्धी लिने वाहेक केही काम गरेको छैन नेकपा एमालेका राष्ट्रिय अध्यक्ष केपी शर्मा ओलीले बताए ।
रौतहटका सोझा सिधा जनतासँग भेटेर भ्रममा परेका जनतालाई बचाउनु पर्छ पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्छ ,विन्रम , सहनसिलता अपनाई पार्टी विस्तार , सगठित बनाउन लाग्नु पर्ने सुझाव पुर्व प्रधान मन्त्री तथा पार्टी अध्यक्ष शर्माले दिएका थिए ।
मधेशको नेतामा विन्रमता नहुने जस्ता अहमलाई त्याग गरेर विन्रमता शैलीमा विचार व्यवहार जनता सँग गर्न उनले आग्रह गरे

यमुनामाई गाउँ पालिकाको सुचना

माधव कुमार नेपाल सँग नबोल्दै के विग्रीन्छ भने प्रश्न गर्दै पुर्व प्रधान मन्त्री केपी शर्मा ओलीले भने बढी जान्ने भएर पार्टी विरोधी तत्वको पछि हिडेको बताए ।
रौतहटका एक जना नेता अहिले काठमाण्डौमा छन उनले गठबन्धन भत्कीनदिदैन भने अभिव्यतिm दिने नेता १५ बर्ष नेकपा एमालेका प्रमुख बनाए पनि विशाल घरलाई भत्काउन लागी परी नेपाली काग्रेसको पुच्छर बनेर जानेको गरेको ओलीले बताए ।
गठबन्धनले जव लातले हान्छ त्यतिखेर कहाँ जानेहो प्रश्न गर्दै अध्यक्ष ओलीले राष्ट्रिय पार्टी पनि छैन स्वतन्त्र साँसद अहिले छन । माधव नेपाललाई रौतहटको जनता जिताउदैन , अव जित्दैनन ,यस्ता मानिसलाई जिताउनु हुदैन भने अपिल गरेका थिए ।
जिल्ला अध्यक्ष सचिदानन्द साहको अध्यक्षतामा केन्द्रिय सचिव योगेश भटराई , कोश अञचल इन्चार्य रघुविर महासेठ , मधेश प्रदेश इन्चार्य , रौतहट इन्चार्य पुरुषोतम पौडेल , केन्द्रिय सदस्य अजय कुमार गुप्ता , पुर्व माननीय रेखा झा , मधेश प्रदेश सचिव आरती भण्डारी लगायतका वतmाहरुले शुभकामना व्यतm गरेका थिए भने स्वागत मन्तव्य रामजी शाहले गरेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.