प्रादेशिक अस्पताल गौरमा रेविज खोपको अभाव
रौतहट ६ बैशाष ।
रौतहटमा कुकुरले टोक्दा लगाउने रेविज विरुद्धको खोप एक महिना देखि अभाव भएको छ । प्रदेशबाट पठाउने गरेको रेविज खोप एक महिना देखि नपठाएकोले खोपको अभाव भएको प्रादेशिक अस्पताल गौरले जनाएको छ । प्रदेशबाट महिना २५० रेविज खोप आउने गरे पनि तीन हप्ताभित्रमा सकिने गरेको अस्पतालले जनाएका छन ।
माग अनुसार खोप नआएका कारण सधैँ अभाव हुने गरेको छ । कुकुरले टोक्दा लगाउने एन्टिरेविज विरुद्धको खोप स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र मधेस प्रदेश जनकपुरले वितरण गर्ने गरेको छ । दैनिक १५ देखि २० वटा कुकुरले टोक्दा रोगीहरु आउने गरेको अस्पतालका इमर्जेन्सी फाँटले जनाएको छ
रेविजविरूद्धको खोप सरकारले निःशुल्क रूपमा प्रदान गर्ने गर्दछ । तर, पनि स्थानीय स्वास्थ्य संस्थाले व्यवस्थापन खर्चका लागि रुपैयाँसम्म लिने गरेका छन्। त्यो पनि नपाउँदा स्थानीय चर्को मूल्यमा निजी क्लीनिकबाट किनेर प्रयोग गर्न बाध्य छन्।