

, रौतहट २६ बैशाष।
मौलापुर नगर पालिकाको वडा न ९ मा पिकनिक पार्कको पर्खाल निर्माण कार्यमा व्यापक अनियमितता भइ रहेको छ ।
पिकनिक पार्क पर्खाल निर्माणमा दुई नम्बरको इटा , बोल्डरको साटो गिटी प्रयोग गर्ने गरेको आरोप वडा न ९ का वडा अध्यक्ष श्याम किशोर साहले लगाएका छन ।
२५ लाखको लागतमा हुने पर्खाल निर्माणमा बालुवा बढी सिमेन्ट थोरै मात्रामा प्रयोग गरी गुणस्तर हिन कार्य गरी रहेको वडा अध्यक्ष साहले बताए ।

उपभोक्तmा समिति गठन गर्ने अधिकारी वडालाई रहे पनि मौलापुर नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत राम बाबु साहले नगर पालिकाबाट उपभोक्तmा समिति गठन गरी अनियमितता गरेको उनले आरोप लगाए ।
प्रत्यक्ष लभान्वित हुने गरी वडा भेलाबाट उपभोक्ता समिति गठन नगरी मनपरी तथा नियम कानुन लाई मिचि उपभोक्ता समिति गठन गरेको उनले बताएका छन ।
खोलाको किनारमा पर्खाल बनाइ रहदाँ खोलाको कटान तथा प्रकोप लाई सहन सकिने पर्खाल निर्माण नगरी कमशिन तथा वजेट पचाउन अभियान अन्तरगत पर्खाल निर्माण कार्य भइ रहेकोले वडा अध्यक्ष साहले दुःख व्यतm गरे ।
यस सम्बन्धमा मौलापुर नगर पालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत राम बाबु साहसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।