

, रौतहट ३२ जेठ ।
बाल विवाह न्यूनीकरण को लागी २० वर्ष पछि आफनो छोरीको विवाह गर्ने अभिभावकहरुलाई सम्मान तथा पुरुस्कार कार्यक्रम आज सामुदायीक भवन गंगापिपरामा सम्पन्न भएको छ ।
दुर्गा भगवती गाउँ पालिकाद्धारा आयोजित उतm कार्यक्रममा गाउँ पालिका अध्यक्ष शम्भु सिहले दिप प्रज्वलित गरी कार्यक्रमको उदघाटन गर्दै उनले दुर्गा भगवती गाउँ पालिकाका अभिभावकहरुले २० वर्ष पछि छोरीको विवाह गरेमा सम्मान तथा पुरुस्कार दिने चुनावी घोषणा अनुरुप आज प्रत्येक वडाका २०७९ साल साउन देखि २०८० असार सम्ममा विवाह गर्ने अभिभावकलाई सम्मान तथा पुरस्कार दिएको बताए ।
गापा अध्यक्ष सिंहले उमेर नपुगेका बालबालिकाहरुलाई विवाह गर्दा उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको तथा कलिलो उमेरमा विवाह गर्दा मानसिक तनाव पनि हुने भएकोले समयमा विवाह गर्न सुझाव दिए । उमेर नपुगेर विवाह गर्नेहरुलाई कानुनी अपराधको भागिदार बन्नु पर्ने हुन्छ, तिन बर्ष कैद र ३० हजार नगद जरिवाना हुने भएको हुँदा उमेर पुगेर मात्रै आ आफना छोराछोरीहरुको विवाह गर्न सुझाव दिए ।
सो अवसरमा वडा न ४ का वडा अध्यक्ष रामानन्द राय यादव , वडा न ३ का डिके झा , वडा न ५ का धर्मेन्द्र चौधरी लगायत वडा न २ र १ का वडा अध्यक्ष तथा वडा सचिवहरुलाई बाल विवाह न्यूनीकरणमा योगदान पुरयाएकोले सम्मान गरिएको थियो ।
त्यसै गरी कार्य पालिकाका सदस्यहरु , प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठक लगायतका कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो । सोही अवसरमा बाल बालिकाहरुले बाल विवाह न्यूनीकरण गर्नका लागी चेतना मूलक नाटक प्रस्तुत गरेका थिए ।
गाउँपालिकाको उपाध्यक्ष शिला देवीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय अनुसन्धानको उपनिर्देशक अभिनय सिह , वडाध्यक्षहरु सुरेश चौधरी, डिके झा, रामानन्द यादव र धर्मनाथ चौधरी ले आ आफनो मन्तव्य राखेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठकले स्वागत गरे मन्तव्य सहित सझाव दिएका थिए ।सो कार्यक्रममा राष्ट्रिय अनुसन्धान कार्यालय गौरका प्रमुख अभिनय सिह ,नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य शैलेन्द्र झा , वरिष्ठ पत्रकार प्रभात कुमार झा , पत्रकार आलोक पाण्डे , चञ्चल झा ,पवन राज गुप्ता लगायतका लाई दुर्गा भगवती गा पा का अध्यक्ष सिहले सम्मान गरेका थिए ।