Take a fresh look at your lifestyle.
npa 9 suchana

“सीमामा सशस्त्र प्रहरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न”

gadhimai nagar palika ko suchana
suchana gadhimai

“सीमामा सशस्त्र प्रहरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न”
, रौतहट २ असार ।
नेपाल–भारत अन्तराष्ट्रिय सीमा ईलाकामा सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहटद्धारा आयोजित सीमाबासीसंग सशस्त्र प्रहरी” अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सो अन्तरक्रिया कार्यक्रममा विवाह, चाडपर्व तथा अन्य धार्मिक कार्यक्रममा सीमाबासीहरुले भारतबाट घरयासी सामान लगायत कृषिजन्य बिउ बिजन र मलखाँद ल्याउदा बेहोर्नु परेको हैरानी तथा समस्या, छोटी भन्सार कार्यालय संचालन नहुँदा बेहोर्नु परेको समस्या, भारतीय एस एस बी ले आवत जावतको समयमा सीमाबासीसँग गर्ने व्यवहार, सीमासँग पालिका जोडिएका स्थानीयबासीहरुले आफूले उत्पादन गरेका कृषि लगायतका अन्य सामाग्रीहरु जिल्लाभित्र एक स्थानबाट अर्को स्थानमा लैजादा सामाजिक संञ्जालको दुरुपयोग गर्दै फोटो भिडियो बनाई समाचार प्रकाशन, सीमा तथा दशगजा नजिक रहेका मदिरा पसलहरु संचालन गर्ने, सीमा नाकाबाट आवत जावत हुने भारतीय सवारी साधनको (विषेश गरी मोटरसाईकल) ब्यबस्थापन, हुन सक्ने अन्तर सीमापार अपराध लगायतका विविध विषयहरुमा विस्तृत छलफल तथा अन्तरक्रिया भएको थियो ।
साथै बर्षातको समयमा हुन सक्ने बाढी÷डुवानबाट क्षतिको रोकथाम तथा न्यूनिकरणको लागि स्थानीय तहको तयारीको सम्बन्धमा समेत अन्तरक्रिया सम्पन्न भएको सोही क्रममा छलफलमा उठेका समसामयिक बिबिध बिषयमा नगर प्रमुख प्रदिप कुमार यादवले आफू सम्बद्ध विषयहरुमा सम्बोधन गर्दै सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षामा भुमिका र महत्व सम्बन्धमा मन्तब्य राखका थिए ।
अन्तरकृयाको क्रममा उठेका गुनासा, समस्या तथा जिज्ञासाहरुको नं. ११ गण हे.क्वा. रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक विक्रम होमागाईले सम्बोधन गर्दै अन्तरक्रिया कार्यक्रम समापन भएको गरेको थियो।
बौधिमाई न.पा.–७ बकुलका सानो सीमा स्तम्भ नं. ३५५÷७ को नजिकै आँप बगैचामा नेपाल–भारत अन्तराष्ट्रिय सीमा ईलाकामा सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक विक्रम होमागाईको प्रमुख आतिथ्यतामा बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार यादवको विशिष्ट आतिथ्यतामा सीमा सहजीकरण समितिका संयोजक तथा सदस्यहरु, सीमासँग जोडिएका बौधिमाई न.पा.–७, परोहा न.पा.–७ र ८ का वडा अध्यक्षहरु÷संयोजकहरु, पत्रकारहरु, स्थानीय भद्रभलादमीहरु, शिक्षकहरु, स्थानीय सीमाबासीहरु लगायत सशस्त्र प्रहरी कर्मचारीहरु को उपस्थितिमा “सीमाबासीसंग सशस्त्र प्रहरी” अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.