

, रौतहट २ असार ।
यमुनामाई गाउँ पालिकाका प्रशासकीय अधिकृत तथा जनप्रतिनिधिको मिलोमतोमा ३ करोड ८५ लाख को टेन्डर गोप्य रुपमा प्रकाशन गरी अनियमितता गरेकोले रंजित रामले जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी गरेका छन ।
राष्ट्रिय योजना आयोगबाट बोरिङ्ग र दमकलका लागी १ करोड ,तराई मधेश समुद्धि कार्यक्रममा जनता आवास कार्यक्रमका लागी २५ लाख , राष्ट्रिय योजना आयोगबाट मद्रसा वा विद्यालय को लागी ५० लाख गाउँ पालिकाबाछ ५० लाख ,सडक बोर्डबाट ५० लाख तथा वितिीय समीकरणमा १ करोड १० लाखी गरी ३ करोड ८५ लाखको गोप्य टेन्डर गरी अनियमितता गरेकोले कारवाईको लागी उजुरी गरेको उजुरीकर्ता रामले बताए ।
जिप्रका रौतहटका दिएका उजुरीमा ठेक्का वन्दोवस्त गर्नु पर्नेमा शुरु हुने मितिले ३ महिना अगावै पत्र पत्रिका र ठाउँ ठाउँमा सुचना टाँस गरी सुचना प्रकाशित गर्नु पर्ने कानुनी प्रवाधान रहेको छ ।
अपरझट कुनै सुचना प्रकाशित गर्नु पर्नेमा एक पटक सुचना प्रकाशित गरी टेन्डर दाखिला वा बढा बढ वा घटाघट भइ सकेता पनि टेन्डर आमन्त्रित गर्नु पर्ने भएमा कम्तीमा एक हप्ताको म्याद दिई सुचना प्रकाशित गर्नु पर्ने कानुनी प्रावधान रहेको उजुरीमा उल्लेख गरेका छन ।
यमुनामाई गाउँ पालिकाका प्रशासकीय अधिकृत तथा जनप्रतिनिधिहरुले ससचना नदिई ठेक्का पटा गर्न लगाएको छ । फागुन १५ गतेमा ज्ञापन पत्र समेत बुझाइएको उजुरीकर्ता रामले बताए । असार महिनामा ठेक्कापटा हुने कानुनी प्रावधान नरहेको तथा कानुन विपरित रहेकोले कारवाई गर्न तथा पारदर्शी तरिकाले ठेक्का पटा गराउन जोडदार माग गरेका छन । जिल्ला प्रशासन कार्यालय रौतहटले उजुरी सम्बन्धमा के कसो भएको हो पछि फरक नपर्ने गरी त्यस कार्यालयबाट राय प्रतिक्रिया सहित उजुरीमा उल्लेख सम्पुर्ण कागजात प्रमाणहरु यथाशिघ्र जिप्रकामा उपलब्ध गराई दिनका लागी सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवद्धारा हस्ताक्षरित पत्रले माग गरेको छ ।