Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

सशस्त्र प्रहरीद्धारा एक हजार सात सय वटा बोईलर कुखुराको चल्ला बरामद

gadhimai nagar palika ko suchana
suchana gadhimai

सशस्त्र प्रहरीद्धारा एक हजार सात सय वटा बोईलर कुखुराको चल्ला बरामद
, रौतहट २१ असार ।
सशस्त्र प्रहरीले एक हजार सात सय वटा बोईलर कुखुराको चल्ला बरामद गरेको छ । शुक्रवार अन्दाजी २ बजेको समयमा जिल्लाका परोहा न.पा.– ८ बसिर चोक ईलाकामा सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहटबाट खटिई गएको गस्ती टोलीले सो कुखुराको चल्ला बरामद गरेको हो ।
अबैध रुपमा भारतबाट नेपाल तर्फ बि आर ०५ एम ५११७ नम्बरको प्लाटिना मोटरसाईकल र साईकलहरुमा राखी ल्याउदै गरेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ । अन्दाजी एक लाख सत्तरी हजार बराबरको एक हजार सात सय वटा बोईलर कुखुराको चल्ला बरामद गरी जिल्ला कुखुरा व्यवसायी किसान संघ रौतहटका पदाधिकारी तथा स्थानीयहरुको रोहबरमा नष्ट गरिएको बताइएको छ । बरामद भएको सवारी साधनलाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको हो ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.