, रौतहट २१ असार ।
गरुडा नगर पालिकाले अहिले कमिशन लिई धमाधम भुक्तानी गरी रहेको छ । नगर पालिकाका मेयर कन्थमणी जयसवालका छोरा शैलेश जयसवालले कमीशन लिने गरेको सामाचारश्रोत बाट थाहा हुन आएको छ । कार्य आदेश पाएका व्यतिmहरुले दुई वर्ष देखि गरुडा नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा लेखापाल समक्ष हारगुहार गर्दै आए पनि भुक्तानी नभएको सत्यवान दैनिकका प्रतिनिधिले बताएका छन । तर एक महिना अगाडी कार्य आदेश पाएका व्यतिmहरुको भुक्तानी पाएका हुन । नगर पालिकाका मेयर कन्थमणी जयसवालका छोरा शैलेश जयसवालसँग सम्पर्क भएका व्यतिmहरुले छिटो भुक्तानी पाउने गरेको चर्चा रहेको छ । नगर पालिकाका मेयर जयसवालका छोरा शैलेश दिन भरी नगर पालिकामा कमिशन उठाउने चलखेलमा व्यस्त रहने गरेको समाचारश्रोतबाट थाहा हुन आएको छ । कार्यालय समयमा चेक काटन नदिने तथाा कमिशन नदिनेहरुलाई वजेटको अभाव भनी दिन भरी फर्काउने गरेको छ भने साझ पाँच बजे पछि करारमा नियुतm रहेको लेखाफाटमा काम गर्ने उमेश दासलाई बोलाई राती राती चेक काटन लगाउने गरेको सुनिएको छ । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत तथा लेखापाल कुमार ठाकुर र सत्यनारायण सहनीलाई आफनो घरमा बोलाइ चेकमा सही गराउने गरेको छ ।
Trending
- संचारकर्मी श्रेष्ठलाई धम्की दिने माथि कारवाइको माग
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- प्रतिक्रिया
- Facebook Comments