Take a fresh look at your lifestyle.
npa 9 suchana

वाँदर आतकबाट पिडित किसानद्धारा गरुडा बजारमा जुलुस प्रर्दशन

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट १८ असार ।
गरुडा नगर पालिकाका विभिन्न वडाका किसानहरुले आज जुलुस प्रर्दशन गरेका छन । नगर पालिकाका वडा न २ ,३,४,७,८र ९ का किसानहरुले आज गरुडा वजारमा जुलुस प्रर्दशन गरेका हुन । मेयर प्रत्यासी दिपक यादवको अगुवाईमा किसानहरुले मगलवार जुलुस प्रर्दशन गर्दै गरुडा नगर पालिकामा गएका थिए । करिव दुई वर्ष देखि गरुडा नगर पालिकाका किसानहरुले वाँदरबाट आँतकित भई बालीनाली समेत वाँदरले नष्ट गर्दै आएकोले पिडित किसानहरुले आज प्रर्दशन गरेका थिए । प्रर्दशन गर्ने क्रममा जय जवान जय किसान, वाँदर भगाउ किसान बचाउ ,किसानलाई नजर अन्दाज गर्न पाइदैन लगायतका नाराहरु लगाएका थिए । प्रर्दशन गर्ने क्रममा मेयर प्रत्यासी यादव लगायत गएका किसानहरुले मेयर कन्थमणी जयसवालसँग भेटदा अहिले चेक काटिने ,योजना संचालन गरिने कार्यमा व्यस्त रहेको कुरा दिपक यादवले समाजिक संजाल मार्फत बताएका छन । डिभिजन वन कार्यालय रौतहटले गरुडा नगर पालिका सँग सिफारिस तथा वाँदर भगाउनमा खर्च लाग्ने खर्च दिने समेतको प्रतिवद्धता माग गरे पनि नगर प्रमुख जयसवालले साउन ३ गतेमा सिफारिस लिएर जाने बताएका कुरा दिपक यादवले बताए । वाँदर आंतकबाट लाखौ लाखको बालीनाली नष्ट हुदै आए पनि मेयर जयसवालले चासो नदेखाएको प्रति किसानहरुले दुःख व्यतm गरेका छन । किसानहरुले २४ औ घण्टा खेतवारीमा पहरा दिइ रहेको बताएका छन । किसानहरुको पिडालाई मेयर कन्थमणी जयसवालले वास्ता नगरेको पिडित किसानले बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.