, रौतहट २३ असार ।
गरुडा नगर पालिकाका मेयर कन्थमणी जयसवाल को निर्देशनमा महिनाको लाखौ रुपैयाँ गाडी मर्मत ,नास्ता तथा इन्धनमा अनियमितता गर्दै आएको छ ।
२०७९ साल बैशाष ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भए पछि पदभार ग्रहण गरेका गरुडा नगर पालिकाका मेयर कन्थमणी जयसवालले महिनाको लाखौ रुपैयाँ गाडी मर्मत ,नास्ता तथा इन्धनमा अनियमितता गदै आएका हुन ।
मेयर जयसवालका छोरा रवी जयसवालले संचालन गरेका जयसवाल इन्टरप्राइजेजमा गाडी मर्मतको नाउँमा लाखौ रुपैयाको नक्कली बिल बनाई नगर पालिकाको रकम अनियमितता गर्दै आएको गरुडा नगर पालिकाका एक कर्मचारीले नाउँ नबताउने शर्तमा बताएका छन ।
यसै गरी जिन्सी फाँटमा रहेका कार्यरत खरिदार मुकेश साहलाई गैर कानुनी रुपमा इन्धनको कुपन काटन लगाई महिनाको लाखौ रुपयाँ इन्धन विक्रेता सँग नगदी लिई मेयर कन्थमणी जयसवालका छोरा शैलेस जयसवालले रकम उठाउदै आएको बुझिएको छ । त्यस्तै नास्ताको बिल पनि धेरै मात्रामा बनाउन लगाई महिनाको लाखौ रुपैयाँ मेयर जयसवालको निर्देशनमा निजका छोरा शैलेस जयसवालले हिनामिना गर्दै आएको थाहा हुन आएको छ ।यस सम्बन्धमा मेयर जयसवाल ,निजका छोरा शैलेस जयसवाल र अर्का छोरा रवी जयसवालसँग सम्पर्क गर्दा लागेको आरोप झुठा हो बताएका छन ।