Take a fresh look at your lifestyle.
npa 9 suchana

प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादव लालबन्दीमा चेक काटिदै

gadhimai nagar palika ko suchana
suchana gadhimai

प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादव लालबन्दीमा चेक काटिदै
, रौतहट २४ असार ।
फतुवा विजयपुर नगर पालिकाका प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान र लेखापाल उमेश यादवले लालबन्दीमा बसी चेक काटन थालेका छन ।

 

यमुनामाई गाउँ पालिकाको सुचना


उच्च अदालत जनकपुर अस्थाई इजलास विरगजले कर्मचारकिो तलब वाहेक सम्पुर्ण कामकाजको भुक्तानी रोक लगाएको कारण प्रमुख प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादवले कर्मचारीको तलब नदिई मोटा कमीसनको भरमा कर्मचारीको तलब अन्य खर्चमा भुक्तानी गरी रहेको सामाचारश्रोतबाट थाहा हुन आएको छ ।
मसलन्ध तथा कार्यालय समाग्रीमा ५० लाख ,कार्यालय संचालन २० लाख , नगर प्रोफाइल ५ लाख चर्मरोग शिविर २८ लाख १६ हजार ६७ , विविध खर्चमा २८ लाख ,दैनिक भ्रमण भता ८ लाख ,अतिथि सत्यकार ४ लाख ६४ हजार ,ट्रकसुट खरिद १० लाख नगर सभा संचालन २० लाख ,सवारी साधन तथा मेशनरी औजार भाडा वापत १८ लाख ,सिसिटिभी जडान २० लाख र मेशनरी तथा औजार खरिद १५ लाख नक्कली बिल बनाई लालबन्दीमा बसी चेक काटन थालेको नगर पालिकाका एक जना कर्मचारीले नाउँ नबताउने शर्तमा बताएका छन ।
फतुवा विजयपुर नगर पालिकाका प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान र लेखापाल उमेश यादव नगरपालिका वासीसँग सम्पर्क विहिन भएका छन ।
आ.व २०८०।०८१ मा कुनै पनि कारोवार नगर्न उच्च अदालत जनकपुर अस्थाई इजलास विरगजले अल्पकालीन आदेश दिएको कारण सम्पर्क विहिन भएको बताइएको छ ।
फतुवा विजयपुर नगर पालिका वडा न १ का विजय कुमार यादवले दिएको रिट निवेदनमा सो आदेश भएको थियो ।
उच्च अदालत जनकपुर अस्थाई इजलास विरगजले असार १७ गतेका दिन दुवै पक्षलाइ बोलाई छलफल तथा वहश पैरवीको अधारमा तलब वाहेक सम्पुर्ण कामका भुक्तानी रोक लगाइएको थियो ।
इन्जिनियर धर्मेन्द्र यादव लगायत ५० जना करारका कर्मचारीले ३ महिना देखि तलब नपाएको भन्दै नगर पालिकामा तलाबन्दी समेत गरेका छन ।
यस सम्बन्धमा प्रम्ख प्रशासकीय अधिकृत प्रधान तथा लेखापाल यादवसँग सम्पर्क गर्दा मोबाइल स्वीच अर्फ , मैसेज र व्हाट्सएपमा सम्पर्क गरे पनि सम्पर्क हुन सकेन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.