Take a fresh look at your lifestyle.
npa 9 suchana

भारत तस्करी गर्न लागेको १८ सय किलो मरिच पर्सामा बरामद

gadhimai nagar palika ko suchana
suchana gadhimai

यमुनामाई गाउँ पालिकाको सुचना

२० जेठ, वीरगञ्ज । पर्साबाट तस्करी गरेर भारत लैजाँदै गरेको १८ सय किलो मरिच प्रहरीले बरामद गरेको छ । विन्ध्यवासिनी गाउँपालिका ४ अमरपट्टीबाट १ हजार ८ सय ७५ किलो मरिच बरामद गरेको हो ।

प्रहरीले ना ३ त २४३६ नम्बरको ट्याक्टरमा राखेर भारत लैजादै गरेको अवस्थामा मरिच बरामद गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिए । ‘बिहान साढे ९ बजे भारततर्फ लैजाँदै गरेको अवस्थामा ट्याक्टर चालकसहित मरिच बरामद गरेका हौं’, उनले भने ‘आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाएका छौं । ‘

तर भिश्वाका व्यापारीहरुले भने मरिच भारततर्फ तस्करी गर्न लागेको नभई गाउँमै बिक्री गर्नका लागि वीरगञ्जबाट आयातकर्तासँग खरिद गरेर लैजाँदै गरेको दावी गरेका छन् ।

भिश्वाका व्यापारी बिटुकुमार जयसवालले आफूले वीरगञ्जबाट आयातकर्तासँग मरिच किनेर भिश्वा लैजाँदै गरेको अवस्थामा तिलावे पुल नजिकैबाट बरामद गरेकोमा मरिच अमरपट्टीमा लगेर फोटो खिचाएको आरोप लगाए ।

‘तिलावे पुलभन्दा अगाडि नै समात्यो, मलाई पनि समात्यो, त्यसपछि अमरपट्टी लिएर गयो, फोटो खिचायो, चालकलाई अमरपट्टीमा बारामद गरेको भनेर भन्न सिकायो, अनि घुमाएर वीरगञ्ज ल्यायो’ उनले भने ‘महिनामा ७५ बोरा मरिच आफ्नै पसलमा खपत हुन्छ । बेच्नका लागि लगेको मरिच बिल पनि थियो । उनीहरुले नै राखिदिए ।’

अर्का व्यापारी जितेन्द्र जयसवालले तिलावेमा समातेको मरिच अमरपट्टीमा देखाएर प्रहरीले व्यापारीलाई सताउने काम गरेको आरोप लगाए । ‘१०/२० दिनका लागि एक ट्याक्टर लैजान्छौं । पसलबाटै बिक्री हुन्छ’ उनले भने ।

कन्टेनरमा जहाजमार्फत कलकत्ता हुँदै तेस्रो मुलुकबाट ल्याइने मरिच भारततिरै तस्करी हुने गरेको छ ।

प्रहरीले ट्याक्टर चालक भारतको बिहार बेतिया जिल्ला सिक्टा थाना अन्तर्गत पुरैनिया ७ बस्ने ३२ बर्षको नन्दलाल यादवलाई समेत नियन्त्रणमा लिएको छ । बरामद गरिएको मरिच र चालकलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ ।

आइतबार प्रहरीले गरेको पत्रकार सम्मेलनमा वीरगञ्ज महानगरपालिकाबाट ३० किलो मरिच र भन्सार छलेर ल्याएको अन्य सामान पनि बरामद गरेको जानकारी दिएको छ ।

त्यसैगरी वीरगञ्ज महानगरपालिका १६ स्थित रजत जयन्ती चोकबाट भन्सार छली समान ल्याउँदै गरेका दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका ६ राईगाउँ बस्ने २८ वर्षीय मीनराज पोखरेल, भारतको कलकत्ता परगाना २१ बस्ने ३२ वर्षका सुभाजित चटर्जी रहेका छन् । उनीहरुको साथबाट भन्सार छली ल्याउँदै गरेको ९५ थान टप्स बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.