


२० जेठ, काठमाडौं । कर्णाली प्रदेशको नियमित मन्त्रिपरिषद् बैठक हरेक शनिबार बस्ने भएको छ ।
आइतबारको मन्त्रिपरिषद् बैठकले शनिबारको सदुपयोग गर्न नियमित बैठडक हरेक शनिबार बस्ने निर्णय गरेको हो ।
यस्तै बैठकले गाउँसभा र नगरसभाको कार्यसंचालन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ को मस्यौदा प्रदेशसभामा पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ ।
जिल्ला सभाको कार्यसंचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ को मस्यौदा प्रदेशसभामा पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने र कर्णाली प्रदेश खर्च मापदण्ड निर्देशीका २०७५ स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रदेश सार्वजनिक व्यवस्था तथ संचालन सम्बन्धी बिधेयक २०७५, प्रदेश विद्युत विकास, उत्पादन र व्यवस्थापन सम्वन्धि विधेयक २०७५ र प्रदेश सवारी तथा यातायात व्यवस्था सम्बन्धी विधेयक २०७५को मस्यौैदा तर्जुमाका लागि भौतिक पुर्वाधार विकास मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय समेत बैठकले गरेको छ ।