Take a fresh look at your lifestyle.
npa 9 suchana

अब राजपा पनि सरकारमा जान्छ : महासचिव झा

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

काठमाडाैँ , जेठ २८ ।  राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले आफ्नो पार्टी बढीमा एक साताभित्रै सरकारमा सहभागी हुने स्पष्ट पारेका छन्।

उनले भने,‘हामी सरकारमा सहभागी हुनेबारे संवाद जारी छ, सरकारले राजपासँग संवाद जारी राखेको छ, यसबारेमा औपचारिक तथा अनौपचारिक रूपमा छलफल भैरहेको छ, तर अहिलेसम्म औपचारिक सहमति भैसकेको भने छैन।’

सोमबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारले संविधान संशोधनमा प्रतिबद्धता जनाइसकेकोले अब आफ्ना पार्टीका सांसद रेशमलाल चौधरीको सपथ ग्रहणको वातावरण बन्ने बित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने जिकिर गरे। नेता झाले यही आउने बिहिबार वा शुक्रबार नै राजपा सांसद चौधरीको सपथ ग्रहण भए त्यसको एक/दुई दिनभित्रै पार्टी सरकारमा जाने दोहोर्याए ।

यमुनामाई गाउँ पालिकाको सुचना

उनले भने,‘सरकारमा जान हामीलाई कुनै आपत्ति छैन, प्रधानमन्त्री केपी शर्मा ओली र यो सरकारका मन्त्रीहरूले पनि सकारात्मक प्रयत्न गरिरहनुभएको छ, म फेरि पनि दोहोर्याएर भन्छु हाम्रो पार्टीका सांसद रेशम चौधरीको सपथको वातावरण बन्यो र संविधान संशोधनमा सहमति भयो भने हामी सरकारमा जान्छौं।’

उनले आफूहरुले संविधान संशोधनमा ‘टायम फ्रेम’ खोजेको पनि जनाए ।

उनले भने,‘संविधान बनेको तीन वर्षभित्र अर्थात् २०७५ असोज ३ गतेसम्म सबै कानून निर्माण भैसक्नुपर्छ, यो असोज ३ गतेअघि नै संविधान संशोधन होस् भन्ने हाम्रो चाहना हो, हामी सकारात्मक छौं ।’

त्यस्तै उनले २ नम्बर प्रदेशको सरकार आफूहरूको कारणले नढल्ने समेत जिकिर गरे । उनले थपे,‘२ नम्बर प्रदेशमा राजपा र फोरमलाई नै सरकार बनाउन जनताले मत दिएका हुन्, हामी जनमतको कदर गर्छौं, त्यसबाट दायाँबायाँ हुँदैनौं, हाम्रो कारणले सरकार ढल्दैन, हामी असहयोग गर्दैनौं।’

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.