रौतहट ८ भाद्र ।
गौर नगरपालिका १ मा पुरानो शिव मन्दिरको शिलान्यास वडा अध्यक्षद्धारा सम्पन्न भएको छ ।
करिव ९० वर्ष अघि निर्माण भएको शिव मंन्दिरको अवस्था जीर्ण भइसकेकोले नयाँ मन्दिर निर्माणका लागी आज शुक्रवार शिलान्यास भएको हो । गौर नगरपालिकाको सहयोगमा निर्माण हुन लागेको शिव मन्दिरको शिलान्यास वड़ा अध्यक्ष भरत साहले गरेका हुन ।
धर्मावलम्बीहरुको विशेष आग्रहमा मन्दिरलाई नया तरीकाबाट आकर्षक डिजाइनको मन्दिर निर्माण गर्न लागिएको वड़ा अध्यक्ष साहले बताए । १२ धुर जग्गामा चारै तर्फबाट पर्खाल र विचमा शिवको मन्दिर तथा सानो मन्दिर पार्वतीको बनाइने नक्सा तयार गरिएको छ । दुईवटा मन्दिर र त्यसको तीन तर्फबाट फूलको बोट , तथा बृक्ष लगाइने बताएका छन । मन्दिर प्रवेश गर्न एउटा आकर्षक रुपमा मुख्य गेट रहने वड़ा अध्यक्ष साहले बताए ।
५० लाखको लागतमा निर्माण हुने मन्दिरको भूमि पूजन समारोहमा गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ता ,प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की , वड़ा अध्यक्ष राम स्वार्थ यादव , राजेश सिंह , राकेश झा , समाजसेवी मोहन साह कानू लगायतका सहभागिता रहेको थियो । मन्दिर निर्माणका लागी शिलान्यास भएपछि वड़ाका धर्मालम्बीहरु हर्षित भएका छन ।
Trending
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments