Take a fresh look at your lifestyle.
npa 9 suchana

९.५ के.जी. गाँजा वरामद

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ८ बैशाष ।
गुजरा नगरपालिका ४ जंगलशैया नजिक लालबकैया खोलामा सिम्रीबाट भेडवा तर्फ नम्बर नखुलेको मोटरसाईकलमा आउदै गरेका २ जना अज्ञात व्यक्तिहरुले झोला खोलामा फाली फरार भएको झोलाबाट लागू औषध गाजा फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटले जनाएको छ । रौतहट जिल्लाको ३२ किलोमिटर सीमा ईलाका पूर्वमा राजदेवी नगरपालिका वडा नं. ९ ब्रम्हपुरी देखी पश्चिममा बौधिमाई नगरपालिका वडा नं. ७ बंकुल सम्म सशस्त्र प्रहरी बल नेपालको सीमा नाकाको डिउटी परिचालन तथा सीमा अनुगमनको लागी सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतको कमाण्डमा खटिएको अनुगमन टोली र सशस्त्र प्रहरी बल नेपाल जंगलशैयाबाट खटिएको सप्रसनि सुरेश यादवको गस्ती टोलीलाई देखी सो अज्ञात व्यक्तिहरु कालो झोला खोलामा फाली मोटरसाईकल लिई व्यक्तिहरु फरार भएको हुँदा झोला चेकजाँच गर्दा अन्दाजी ९.५ के.जी. गाँजा फेला पारेकोले हो ।
उक्त गाँजा बरामद गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा बुझाउने प्रक्रियामा रहेको भनि सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतले बताएका छन । ७ गते अन्दाजी १८स्३० बजेको समयमा गाजा फेला परेको जनाएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.