Take a fresh look at your lifestyle.
npa 9 suchana

हावाहुरी र असिनाद्धा्रा रौतहटमा ताण्डव

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १४ बैशाख । ं(
रौतहटमा हावाहुरी र असिनाले ताण्डव मचाउदै विपत माथि विपत थपिएको छ । शुक्रवार दिउँसो र शनिवार साँझ असिना सहितको हावाहुरी सँगै परेको पानीले कटहरिया नगरपालिका तथा गुजरा नगरपालिकाका वासिन्दालाई ठुल्लो क्षति पुरयाएको छ । गरिवहरुको घरको छानो ध्वस्त पार्नुको साथै आप , लिची र मकै वाली नष्ट गरिएको कटहरिया नगर पालिकाका मेयर सियाराम कुशवाहाले बताएका छन । कोरोना माहामारी सँगै महिनौ लकडाउनबाट पिडितहरु लगातार भिषण हावाहुरी र असिना पानीले हैरान भएको गुजारा नगर पालिकाका उपमेयर कान्ती देवी महतोले बताइन् ।
हवाहुरीसँगै आएको असिना पानीले किसानका तरकारी बालीमा पनि नोक्सान पुराएको छ । टमाटर, मुला, खुर्सानी, धनियाँ, बालीमा क्षति पुगेको छ । हावाहुरी सहित परेको असिना पानीले नगरका करिव २ हजारभन्दा बढी घर पूर्ण रुपमा क्षतिग्रस्त भएको नगर प्रमुख कुशवाहाले बताए । घर र तरकारी बाली गरी एक करोड भन्दा बढीको क्षति भएको मेयर कुशवाहाले बताए । संकटपुर्ण अवस्थामा पिडितहरुलाई तुरुन्त राहत र क्षतिपुर्ति दिन सरकारसँग जोडदार माग नेपाल कम्युनिष्ट पार्टी प्रदेश न २ का अध्यक्ष तथा क्षेत्र न ३ का साँसद प्रभु साहले माग गरेको उनले बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.