Take a fresh look at your lifestyle.
npa 9 suchana

gadhimai nagar palika ko suchana
suchana gadhimai

किसानहरुले नहरका पानी ल्याउन प्रयासरत
, रौतहट २० भाद्र ।
धेरै दिन देखि अकाशे पानी नपरेकोले धानवाली सुकन थाले पछि दुर्गा भगवती गाउँ पालिका वडा न ४ का किसानहरुले नहरका पानी ल्याउन प्रयास गर्न थालेका छन । नहरका पानी जाम भए पछि लोकाहा देखि नहरलाई सर सफाई गर्दै पानी ल्याउन किसानहरु एकजुट भएका छन । विगत क्यौ वर्ष देखि नहरको सर सफाई नभएकोले नहरमा घाँस पात तथा जलकुम्भीले नहर जाम भएको पचरुखीका किसान विन्देश्वर महतोले बताएका छन । नहरमा भएको माछा समेत मार्नका लागी ठाउँ ठाउँमा माटोको डिल बनाएकोले नहरको पानी नआएको महतोको भनाई रहेको छ । प्रत्येक वर्ष बाढीले धानवालीलाई नोक्सान पुरयाउदै आएकोले किसान वर्ग चिन्तीत रहेको बताइएको छ । विश्व व्यापी कोरोना भाइरसका कारण धेरै मात्रामा धानवाली किसानले लगाउन पनि नसकेको कृषि ज्ञान केन्द्र गौरले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.