Take a fresh look at your lifestyle.
npa 9 suchana

झुठो जाहेरी दिई अरुलाई फसाउन खोज्ने पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट , माघ
झुठ्ठा व्यहोरा उल्लेख गरी जाहेरी दिने, कागज र सनाखत गर्ने मेनुका परियार भन्ने चिनिमाया नेपाली, कल्पना भुजु र परिवर्तित नामथर, वतन ३२ जिल्ला ०७७र०७८(१६) लाई पक्राउ पुर्जी दिई पक्राउ गरी जबरजस्ती करणी सम्बन्धी कसूरको षड्यन्त्र र आपराधिक लाभ शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
शंका लागि पीडित भनिएका महिलाहरुलाई अनुसन्धानात्मक सोधपुछ गर्दा जिल्ला रौतहट गरुडा न.पा.वडा नं.२ स्थायी घर भई काठमाण्डौ बानेश्वरमा मेनपावर कम्पनी सञ्चालन गरी बस्ने निजहरुकै चिनजानका गजेन्द्र भन्ने राम बिश्वास साह कानु समेतको संलग्नतामा योजना बनाई निजको बिपक्षी रहेका .गरुडा बस्ने राम निवास साह कानुसंगको लेनदेन मुद्दाको रिसईवी साध्न गजेन्द्र साहले मेनुका परियार समेतलाई छ लाख र जागिर समेत दिने भनि सल्लाह गरी योजना बनाई झुठ्ठा मुद्दामा रामबिनय साह कानु समेतका ५ जना व्यक्तिहरुलाई फसाउन षडयन्त्र गरेको आरोपमा जाहरी दिनेलाई पक्राउ गरेको जिप्रकाले जनाएको छ ।
पुस २७ गते काठमाण्डौंबाट बारा सिमरा आई सिमराबाट मेनुका र कल्पना बिरगंज तर्फ गएका र सिमराबाट गजेन्द्र साहले पीडित भनिएकी बालिकालाई साथमा लिई पुस २८ गते बिहान राति चन्द्रनिगाहपुरमा ल्याई छाडी गएको भनि खुल्न आएकाले छ ।
पौष २८ गते बिहान अं.०५ः०० बजेको समयमा जिल्ला ओखलढुंगा घर बताउने बर्ष अं.१७ की ३२ जिल्ला ०७७र०७८(१६) ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको सम्पर्कमा आई मलाई पुस २५ गते शनिवारका दिन ५ जना व्यक्तिहरुले ओखलढुंगाबाट काठमाण्डौं जाँदा खुर्कोटमा गाडी बिग्री बाटोमा बसीरहेको अवस्थामा सिन्धुली खुर्कोटबाट अपहरण गरी ल्याई चन्द्रनिगाहपुरको २ तल्ले पक्की घरमा बन्धक राखि सामुहिक बलात्कार गरेको भनि बताएकीले निज पीडित बालिकालाई जिप्रकामा ल्याई राखे पश्चात निजको भाउजु नाता पर्ने मेनुका परियार र निजको साथी कल्पना भुजु समेत आए पश्चात भाउजुबाट जाहेरी लिई पीडितको कागज समेत गराई निजहरुलाई समेत साथमा लिई घटनास्थल एकिन गर्न पठाईएकोमा यकिन हुन नसकेको, पीडित भनिएकी बालिकाले बताई दिएका नाम भएका व्यक्तिहरुको फोटो फेसबुकबाट खोजी गरी पहिचान गराउँदा सनाखत गरि दिएका व्यक्तिहरुलाई पक्राउ गरी सनाखत समेत गराई पीडक भनिएका व्यक्तिहरुको मोबाईल फोनको ऋम्च् तथा लोकेशन माग गरी बिश्लेषण गर्दा आरोपित व्यक्तिहरु उक्त मितिमा सिन्धुली खुर्कोट चन्द्रनिगाहपुर गएको नदेखिएको पीडित भनिएकी बालिकाको बुवा जिवितै रहेको र निज बालिका बिगत १ बर्ष देखि काठमाण्डौं सुन्दरीजलमा दिदीसंग बस्ने र काठमाण्डौंबाट भाउजु नाताकी मेनुका परियारसंग घुम्न ईलाम जान्छु भनि हिडेकी भन्ने बुझिन आएका छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.