Take a fresh look at your lifestyle.
npa 9 suchana

बिद्युतिय ट्रान्सफर्म चोरी गर्ने गिरोह प्रहरीको फन्दामा

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट १८ असार ।
बिभिन्न आपराधिक पृष्टभूमी भएका व्यक्तिहरुलाई अदालतबाट म्याद थप लिई अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ पर्नेहरुमा गरुडा न.पा.वडा नं.६ पोठियाही बस्ने श्रीकिसुन साहको छोरा अ.वर्ष ४२ को अशोक साह, कटहिया न.पा.वडा नं.१ भसेढवा बस्ने धनराज महतोको छोरा अ.वर्ष ४६ को रामलाल महतो ,.ऐ. बस्ने दिपलाल रायको छोरा अ.वर्ष ३६ को बिरेन्द्र राय , शोभालाल महतोको छोरा अ. वर्ष ३७ को सुखल महतोलाई अदालतबाट म्याद थप लिई अनुसन्धान गरी रहेको बताइएको छ । पक्राउ परेका मध्येबाट बरामद गरिएका सामानहरुःस्प्रिङ जस्तो बटारिएको अवस्थामा रहेको तामाको चुडी –१५ थान ( तौलः– १७५ के.जि.७०० ग्राम ,बिभिन्न आकारको तामाको क्वाईल रोल – १५ थान ( तौल १२९ के.जि. ३०० ग्राम ,खुल्ला तामाको तार ( तौल ७१ के.जि. प्रतिवादीहरुको साथबाट बरामद गरिएको सामानहरुः अशोक साहको साथबाट बा.८२ प १२६३ नं.को स्कुटी र फोन थान–१,रामलाल महतोको साथबाट बा.२६ प ७९५२ नं.को मो.सा. र लाभा कम्पनिको किपैड मोवाईल थान–१ , सुखल महतोको साथबाट बि आर ३० जे २१९६ नं.को मो.सा.र लाभा कम्पनिको किपैड मोवाईल थान–१ , प्रतिवादी बिरेन्द्र रायको साथबाट कलर्स कम्पनिको किपैड मोवाईल थान–१ रहेका जिप्रका रौतहटका सुचना अधिकारी उमाशंकर यादवले बताएका छन ।
जिल्लाका बिभिन्न स्थानहरुको खुल्ला तथा एकान्त स्थानमा जडान रहेका ट्रान्सफर्मरहरु आर्थिक लाभ लिने उदेश्यले बिद्युतिय ट्रान्सफर्मरहरु एक पछि अर्को अर्थात सिलसिलेवार रुपमा बिभिन्न मितिहरुमा बिद्युतमा जडान रहेकै अवस्थामा बिभिन्न उपकरणहरुको सहायताले पोलबाटै तार काटी तल झारी उक्त ट्रान्सफर्मरहरु खोली भित्र रहेका तामाका बिभिन्न किसिमका तारहरु लगायत अन्य आवश्यक तथा मुल्यवान सर सामानहरु झिकी चोरी गर्ने गरेको थियो ।
जिल्लामा पटक–पटक एकै प्रकृतीका घटनाहरु दोहोरिदै जाने,सोही घटनाहरुका कारण आम नागरिक तथा कृषकहरु पिडित हुने भएकोले उक्त ट्रान्सफर्मरहरु चोरी गर्ने घटनामा संलग्न रहेको निम्न प्रतिवादीहरुलाई खोजतलस गर्ने क्रममा आइतवारका दिन गरुडा न.पा.वडा नं.४ बस्ने लक्ष्मी प्रसाद चौधरीले आफ्नै घरमा संचालल गरेको कवारबाट ट्रान्फर्मरहरुको तार लगायतका सर समानहरु बरामद गरेको बताइएको छ ।
उक्त घटनामा संलग्न रहेका प्रतिवादीहरुलाई पक्राउ गरी रौतहट जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान कार्य भईरहेको तथा घटनामा संलग्न रही हाल फरार रहेका अन्य प्रतिवादीहरुको खोजी कार्य जारी रहेको छ जिप्रकाका सुचना अधिकारी यादवले जनाएको छ ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.