Take a fresh look at your lifestyle.
npa 9 suchana

महाकवि विद्यापतिको सालिक अज्ञात समूहद्धारा तोडफोड

gadhimai nagar palika ko suchana
suchana gadhimai

महाकवि विद्यापतिको सालिक अज्ञात समूहद्धारा तोडफोड
रौतहट १५ मसिर ।।
रौतहटको गौर नगरपालिकाका वडा न २ मा स्थापित महाकवि विद्यापतिको सालिक अज्ञात समूहले तोडफोड गरेको छ ।
महाकवि विद्यापति स्मारकको शालिकको टाउको फुटाएर अज्ञात समूहले त्यही रहेको पोखरीमा फालेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटि गएको टोलीले पोखरीको पानीमा विद्यापतिको टाउको भेटाएको बताइउको छ । यस्ता क्रियाकलाप गर्नेलाई कारबाहीको दायरामा ल्याउन स्थानीयले माग गरेका छन्।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । महोत्तरीको हरदिया घर भएका उदयकान्त झाको व्यक्तिगत लगानीमा २०६४ साल तिर उक्त स्मारकसँगै सालिक निर्माण भएको थियो ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.