


१८, जेठ, चितवन । पूर्वी चितवनको कालिका नगरपालिका-६ मा किसानहरुको केराखेती फडानी गर्ने पाँच जना जेल चलान भएका छन् ।
गत वैशाख १७ गते राति १२ जना व्यवसायिक केरा किसानहरुको करिब तीनहजार एक सय केराका घरी काटेको अभियोगमा पक्राउ परेका पाँच जना जेल चलान भएका हुन् ।
जेल चलान हुनेमा कालिका नगरपालिका वडा नम्बर ६ का अर्जुन गहतराज, कालिका १ का मनिषबहादुर गुरुङ्ग, कालिका ३ का सुजन लोप्चन, कालिका ३ कै गोपाल परियार र कालिका ५ का उमेश माझी रहेका छन् ।
उनीहरुलाई केही सार्वजनिक कसुर तथा सजाय ऐन अन्तर्गतको मुद्धा दर्ता गरिएको छ । उनीहरुसँग जनही २ लाख २५ हजार धरौटी माग गरिएको रकम उपलब्ध गराउन नसकेपछि जेल चलान गरिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।
केरा फडानी हुँदा करिब १५ लाख ४७ हजार रुपैयाँ बराबरको क्षति भएको किसानहरुले दावी गरेका थिए ।