


२१,जेठ । सम्बन्ध टुट्यो तर प्रेम टुटेको छैन । प्रसंग बलिउडका पूर्व दम्पत्ति अरवाज खान र मलाइका अरोडाको । सलमान खानका दाजू अरबाज र भाउजु मलाइकाले अघिल्लो वर्ष सम्वन्धविच्छेद गरिसकेका छन् । तर, सम्वन्ध तोडिए पनि उनीहरुबीच एक-अर्काप्रति प्रेम र सहानूभूति यथावतै देखिन्छ । अहिले पनि उनीहरु बारम्बार भेट हुन्छन्, रमाइलो गर्छन् ।
अहिले अरवाज आइपीएलको सट्टेबाजी प्रकरणमा फसेका छन् । उनलाई मुम्बई प्रहरीले सोधपुछका लागि डाकेको छ । उनी जेल पर्न सक्ने सम्भावना प्रबल छ । यस्तो बेला मलाइकालाई पूर्व श्रीमानप्रति सहानूभुति नजाग्ने कुरै भएन । उनी तुरुन्तै अरवाजको घर गएर उनलाई भेटेकी छन् ।
मलाइकाले करिब २ घन्टा अरवाजसित बिताएको बताइन्छ । उनीहरुबीच के-कुरा भयो भन्ने त कसले थाहा पाउने, तर भेटपछि अरवाज केही फ्रेस देखिएका थिए ।
अरबाज र मलाइकाले ५ वर्ष लामो प्रेम सम्वन्धलाई सार्थकता दिँदै सन् १९९८ मा बिहे गरेका थिए । तर, मलाइकाको उत्ताउलो र स्वच्छन्द स्वभावका कारण उनीहरुबीच खटपट हुन थालेको थियो । पछिल्लो समय मलाइकाको नायक अर्जुक अपुरसँग सामिप्यता बढेको थियो ।
उनीहरुको प्रेम गहिरो हुँदै गएपछि अरवाजले श्रीमतीसँग पारपाचुके गरेका थिए । यद्यपि, अरवाजसँग सम्वन्ध तोडे पनि मलाइकाले अर्जुनसँग घर बसाएकी छैनन् । उनीहरु खासै एक साथ देखिएका पनि छैनन् ।
अर्जुनसँग पनि ब्रेकअप भएर मलाइका घरको न घाटको त भएकी होइनन् ? कतिपयले यस्तै आशंका थालेका छन् । यता अरवाज भने एक मोडलसँग चक्कर चलाइरहेका छन् ।