Take a fresh look at your lifestyle.
npa 9 suchana

उत्तर कोरियाद्वारा अमेरिकासँग हुने वार्ताको एजेण्डा तय, स्थायी र दिगो शान्ति स्थापना गर्ने संयन्त्रका विषयमा छलफल हुने प्योङयाङको भनाइ

gadhimai nagar palika ko suchana
suchana gadhimai

जेठ २८, काठमाडाैँ  ।  उत्तर कोरियाले सिंगापुरमा हुने अमेरिकासँगको वार्ताको एजेण्डा तय गरेको छ । उत्तर कोरियाले आफ्ना नेता किम जोङ उनले मंगलवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटमा स्थायी शान्ति स्थापना संयन्त्रका विषयमा छलफल गर्ने जानकारी दिएको हो ।

प्योङयाङको ‘केसीएनए’ समाचार संस्थाले सार्वजनिक गरेको विज्ञप्तिमा दुई नेताले “स्थायी र दिगो शान्ति सस्थापना गर्ने संयन्त्र“का विषयमा छलफल गर्ने उल्लेख गरिएको छ । अब एउटा परिवर्तित युग शुरू भएको समेत विज्ञप्तिमा उल्लेख छ ।

यमुनामाई गाउँ पालिकाको सुचना

किम र ट्रम्प बहुप्रतीक्षित एवं ऐतिहासिक भेटवार्ताको तयारीका लागि सोमबार नै सिंगापुर पुगिसकेका छन् ।

सिंगापुर पुगे पनि दुवै नेता फरक फरक होटलमा बसेका छन् । किम सिंगापुरको पाँच तारे होटल सेन्ट रिगिसमा बसेका छन् । यस्तै ट्रम्प त्यसबाट आधा माइल पर रहेको शांग्री ला होटलमा बसेका छन् ।

दुई नेताबिच सिंगापुरको सेन्तोसा आइल्याण्डको एक पाँच तारे होटलमा भोली वार्ता हुँदैछ । दुई पक्षबीच कोरियाली प्रायद्वीपमा “परमाणु अस्त्र निशस्त्रीकरण“ र “आपसी हित“का विषयमा छलफल हुने भनिएको छ ।

किमले विश्वले आफूहरूलाई नजिकबाट नियालिरहेको बताएका छन् भने ट्रम्पले शिखर बैठकप्रति आफूलाई सुखद अनुभूति भइरहेको उल्लेख गरेका छन् ।

अमेरिकाले उत्तर कोरियावाट परमाणु अस्त्र त्यागको अपेक्षा राखेको छ । तर त्यसबारेमा उत्तरले केही खुलाएको छैन ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.