

बीबीसी,जेठ २९ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । भेटघाटपश्चात् किमले ट्रम्पलाई अंग्रेजीमा ‘नाइस टु मिट यु, मिस्टर प्रेसिडेन्ट ’ भनेका छन्
सिंगापुरको सान्तोसा द्वीपमा क्यापेला होटलमा भएको उक्त भेट करिब ५० मिनेटसम्म चल्यो । अब दुबै नेता आफूसँग आएका वरिष्ठ सल्लाहकार र सहयोगी दलसँग बैठक गरिरहेका छन् ।
अमेरिकाको तर्फबाट उक्त बैठकमा राष्ट्रपति ट्रम्पसँग विदेशमन्त्री माइक पोम्पियो, ह्वाइट हाउसका चीफ अफ स्टाफ जोन केली र सुरक्षा सल्लाहकार जोन बाल्टन देखिएका छन् ।
यस्तै, अर्कोतर्फ उत्तर कोरियाका नेता किम जोंग उनसँग उनका नजिकका मानिने किम योंग चोलका साथै विदेशमन्त्री री योंग हो र पूर्व विदेशमन्त्री री सु योंग देखिएका छन् ।