Take a fresh look at your lifestyle.
npa 9 suchana

मिडियाले उल्टो पाल्टो गर्न थाल्यो, आचारसंहिता बनाउनुस : दाहाल

gadhimai nagar palika ko suchana
suchana gadhimai

भरतपुर,जेठ २९ ।   पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मिडिया आफैले कोड अफ कन्डक (आचारसंहिता) बनाउने पर्ने आवश्यकता भएको बताउनु भएको छ । भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुरा गर्दे उहाँले भन्नुभयो, ‘मिडियाको पनि एउटा समस्या नै भएको छ । कहिले काही त उल्टो पाल्टो नै हुने गरेको छ । त्यसैले कोड अफ कन्डक बनाउनुस ।’
काम नगर्ने निर्माण व्यवसायीलाई गृहमन्त्री रामबहादुर थापाले कारवाही गर्न थालेपछि तपाइँले आफ्ना घरबेटी निर्माण व्यवसायीलाई कारवाही नगर्नुस भनेर गृहमन्त्रीलाई भेटेर कुरा गरेको हो भन्ने पत्रकारहरुको प्रश्न सुनेपछि अध्यक्ष दाहालले सो कुरा बताउनुभएको हो । उहाँले राम्रो काम नगर्ने निर्माण व्यवसायी जो सुके भए पनि कारावाही हुने र आफुले गृहमन्त्रीलाई केही निर्देशन नदिएको बताउनुभयो ।  ‘त्यसैले मैले अल्ली अस्ति पनि पत्रकारहरुले आफैले आचारसंहिता बनाउनु पर्‍यो भनेको हो । सरकारले प्रेसलाई नियन्त्रण गर्ने, अंकुश लगाउने कुनै मनसाय राखेको छैन । तर प्रेसको पनि आफ्नै मुल्य, मान्यता, मर्यादा र त्यसको आचासंहिता हुन्छ । यो कुरा प्रेस आफैले निधो गरोस’ दाहालले भन्नुभयो । झुठा र उल्टा कुराहरु समाजमा फैलनबाट रोकिनु पर्ने उहाँले बताउनुभयो । उहाँले हालै पारित संसदीय नियमावलीका बारेमा पनि पत्रकारहरुले जनतालाई राम्रोसँग कुरा नबुझाएको बताउनुभयो ।   ‘बजेट पहिलो गियरमा छ, विस्तारै उडान भर्छ’ घोषणापत्रमा भएका धेरै कुरा बजेटमा परेनन् नि भन्ने पत्रकारहरुको प्रश्नमा दाहालले पाँच वर्ष टिक्ने सकरकार आएका कारण एकै चोटी धेरै कुरा नराखेको बताउनुभयो । ‘यसरी बुझ्नस अहिले एक गियरमा छ विस्तारै उडान भर्छ । झ्यापझुप्पै अहिले नै सवै भन्ने नभएको हो । किन कि हामी लामो समय सरकारमा रहने छौं’ दाहालले भन्नुभयो । पहिला पहिला  सरकार नौ महिना टिक्ने कि १० महिना टिक्ने भन्ने आशंकाका बीच बजेट ल्याउनु पर्ने अवस्था रहने गरेको दाहालले बताउनुभयो । ‘बढी चलेमा सरकार एक वर्ष चल्थ्यो । त्यसैले बजेट ल्याउँदा अलि लोकपृय र मान्छेको मन लोभ्याउने कार्यक्रम राख्ने गरिन्थ्यो । अहिले त सरकार नै पाँच वर्ष टिक्ने भएपछि अर्थतन्त्रको अवस्था सन्तुलित बनाउँदै अगाडी बढ्ने उपाए रोजेको हो’ दाहालले भन्नुभयो । आफु र प्रधानमन्त्रीले अर्थमन्त्रीसँग तीन घण्टा छलफल गरेर चकाचौध पारेर भोट तान्ने खालको बजेट नबनाउन सुझाव दिएको उहाँले बताउनुभयो । ‘र बजेट त्यसरी नै आएको छ । हेर्दै जानुस अर्को अर्को वर्षबाट उडान समाउने छ । अहिले एक गियरमै हो’ दाहालले भन्नुभयो । ‘अहिलेको आवश्यकता सम्वृद्धि हो कार्यकारीको मुद्दा हैन’ पत्रकारहरुसँग कुरा गर्दै आफुले प्रतक्ष्य निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयमा बोले पनि अहिलेको आवश्यकता त्यो नभएको बतानुभएको छ । ‘संविधान बनाउने बेलामा प्रतक्ष्य निर्वाचित कार्यकारी राष्ट्रपति हुनु पर्छ भनेर मत राखेको हो । त्यो गलत छ भनेर स्वीकार गरेका पनि छैनौं । तर अहिले मख्य मुद्दा यो होइन’ दाहालले भन्नुभयो । आजको एजेन्डा कार्यकारी के कसरी हुने भन्ने विषय नभएर सुशासन, विकास र सम्वृद्धि भएको दाहालको भनाई छ । प्रतिनिधि सभा तथा प्रदेशसभाको सभामुख, उपसभामुख र राष्ट्रिय सभाको अध्यक्ष उपाध्यक्ष फरक फरक दलको हुनु पर्छ भनेर काँग्रेसले अहिले उठाएको मागका विषयमा दाहालले यो विवादमा ल्याउनु नपर्ने विषय भएको बताउनुभयो ।  ‘पार्टी एकता गर्न नपाइने भन्ने छैन । उम्मेद्वार भएर जित्दा फरक फरक पार्टीका नै थिए । तर अहिले कुनै पार्टीमा नै छैनन् । पार्टीमा छैन है भनेर जानकारी गराउनुभयो । जो कुनै पार्टीका नै होइनन् त्यस्तालाई यो यो पार्टीको हो भनेर भन्नु भनेको ऐन विपरित हुन्छ जस्तो लाग्छ’ दाहालले भन्नुभयो । ‘काँग्रेस बाहेकका पार्टीलाई सरकारमा ल्याउँदा हुन्छ’ सुविधा जनक बहुमत भए पनि सरकारमा अन्य दल सहभागि भइरहेका छन् । संघीय समाजवादी फोरम, नेपाल सरकारमा आइनै सक्यो । राष्ट्रिय जनता पार्टी सरकारमा आउने चर्चा छ । दाहालले अगाडी भन्नुभयो ‘कम्तिमा पनि नेपाली काँग्रेस सरकारमा आउनु पनि हुँदैन । ल्याउने योजना पनि छैन । यो बाहेक बाँकीलाई ल्यायो भने डेमोक्रेसी चल्छ ।’ राष्ट्रिय एकता कायम गर्ने र विकास र सम्वृद्धिको नयाँ संकल्पका लागि यस्तो पहल भएको उहाँले बताउनुभयो । हिजो भुकम्प गएपछि र संविधान जारी गर्ने बेलामा पनि यही तरिका अपनाएको उनले बताए । अहिले पनि संसदभित्र प्रमुख प्रतिपक्षसँग समेत सहमति हुन थालेको दाहालको भनाई थियो ।  संसद नियमावली बनाउँदा तीन वर्षभन्दा बढी कैद हुने मुद्दामा संसदलाई अभियोग लागे पद निलम्बन हुने शब्द परेन । यो शब्द नराख्न काँग्रेसको माग थियो । ‘अब त्यो शब्दलाई ऐनमा राख्न काँग्रेस पनि सहमत छ । त्यसैले सहमति र सहकार्य चलैकै छ’ दाहालले भन्नुभयो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.