Take a fresh look at your lifestyle.
npa 9 suchana

नेपालका अस्पतालले नसकेर विदेश जानुपर्ने अवस्था छैन

gadhimai nagar palika ko suchana
suchana gadhimai

काठमाडाैँ ,असार ६ ।   नेपालका स्वास्थ्य संस्था जुनसुकै रोगको उपचार गर्न सक्षम भइसक्दा पनि सरकारले ठूलाबडालाई विदेश पठाइरहँदा भ्रम उत्पन्न भएको वरिष्ठ डाक्टरहरुले बताएका छन्।

राजनीतिक नेताहरु सरकारी खर्चमा विदेश उपचार गराउन जाने प्रवृत्ति अन्त्य नभएसम्म सर्वसाधारणको विश्वास जित्न नसकिने उनीहरुको भनाइ छ।

स्थानीय अस्पताल सुविधासम्पन्न बनाउनुको साटो नेताहरु आफ्नो उपचार गर्न विदेश जाने गरेकोमा आलोचना हुँदै आएको छ। जति आलोचना भए पनि सरकारी पैसा खर्च गरेर विदेशमा उपचार गराउने प्रवृत्ति अन्त्य भएको छैन।

चार वर्षअघि पूर्व प्रधानमन्त्री झलनाथ खनाल सरकारी सहायतामा उपचार गराउन अमेरिका गएका थिए। त्यहाँ गएपछि थाहा भयो, उनलाई भिटामिन ‘डी’ कमी भएको रहेछ। त्यो बेला उनको खुबै आलोचना भएको थियो।

एक वर्षअघि तत्कालीन रक्षामन्त्री भिमसेनदास प्रधानलाई मुटुको उपचार गराउन भन्दै सरकारले २५ लाख दियो। कांग्रेस नेतृ सुजाता कोइराला पनि राज्यकोषबाट ५० लाख लिएर स्तन क्यान्सर उपचार गर्न सिंगापुर गएकी थिइन्।

यस्ता उदाहरण थुप्रै छन्।

के स्वदेशमा उपचार नभएकैले नेताहरु विदेशी अस्पताल धाएका हुन्? वा, स्वदेशी स्वास्थ्य संस्थाप्रति उनीहरुलाई विश्वास नभएको हो?

यसबारे हामीले केही अस्पतालका वरिष्ठ डाक्टरसँग कुराकानी गरेका थियौं।

‘उपचार कहाँ गर्ने भन्ने बिरामीको स्वतन्त्रता हो, तर नेपालका अस्पतालले नसकेर विदेश जानुपर्ने अवस्था छैन,’ वीर अस्पतालका कार्यकारी निर्देशक तथा नेपाल मेडिकल बोर्डका अध्यक्ष भुपेन्द्रमान बस्नेतले सेतोपाटीसँग भने, ‘हाम्रा अस्पतालहरु सुविधासम्पन्न भइसकेका छन्। त्यस्तो कुनै रोग छैन, जसको उपचार नेपालमा नहोस्।’

उनका अनुसार वीरमा स्त्रीरोग, बालरोगबाहेक सबै विभाग छन्। राम्रा प्रविधि र डाक्टर छन्। वीरमा नभएका सेवा अरु सरकारी तथा निजी अस्पतालमा छन्। नेपालका अस्पताल आफूले नसकेर विदेश रेफर गरेर पठाउने अवस्थामा छैनन्।

‘नेपाली अस्पतालमा आधुनिक उपकरण विदेशको तुलनामा कम भए पनि हुँदै नभएका हैनन्,’ उनले डा. उपेन्द्र देवकोटाको उदाहरण दिँदै भने, ‘उहाँको बेलायती अस्पतालमा पहुँच थियो र जानुभयो, तर त्यहाँ जे उपचार हुन्थ्यो, यहाँ पनि हुन सक्थ्यो। क्यान्सरको अन्तिम चरणको उपचार नेपालमा पनि हुन्न, अन्त पनि हुन्न।

यमुनामाई गाउँ पालिकाको सुचना

क्यान्सर रोग विशेषज्ञ डा. अन्जनी झा नेपालमा सबै किसिमका क्यान्सर रोगको उपचार हुने बताउँछन्।

‘संसारको कुनै पनि अस्पतालमा हुने क्यान्सरको उपचार नेपालमा सम्भव छ,’ उनले सेतोपाटीसँग भने, ‘विधि, प्रविधि र जनशक्तिको हिसाबले हामी अरु मुलुकको तुलनामा कम छैनौं। क्यान्सर उपचारकै लागि विदेश जानु पर्दैन।’

डा. झाका अनुसार क्यान्सर उपचारमा किमो, अप्रेसन र रेडियोथेरापीजस्ता विधि अपनाइन्छन्। वीर, टिचिङ, सिभिल लगायत निजी अस्पतालले किमो र अप्रेसन गर्न सक्छन्। रेडियोथेरापी गर्ने सुविधा चारवटा अस्पतालमा छन्। पोखराको मणिपाल, चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पताल, नेपाल क्यान्सर अस्पताल र काठमाडौं क्यान्सर सेन्टरमा रेडियोथेरापीबाट उपचार हुन्छ।

गंगालाल हृदय केन्द्रका डा. रामेश कोइरालाले मुटुरोगका सबै उपचार नेपालभित्र हुन सक्ने बताए।

‘विदेशमा भएको, तर नेपालमा नभएको एउटै उपचार मुटु प्रत्यारोपण हो। अरु सबै किसिमका मुटुरोग हामीकहाँ सजिलै उपचार हुन्छन्, यहाँका मानिस मुटुरोगको उपचार गराउन विदेश जानुपर्दैन,’ उनले भने।

मुटुरोग उपचारमा निजीभन्दा सरकारी अस्पताल राम्रो भएको उनको दाबी छ।

गंगालालबाहेक शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन हृदय केन्द्रमा पनि अत्याधुनिक सेवा उपलब्ध भएको उनले बताए। कोइरालाका अनुसार, प्रविधि मात्र हैन, डाक्टरको गुणस्तर पनि नेपालमा राम्रो छ।

‘हामीकहाँ मुटुरोगका सबै अप्रेसन हुन्छन्, प्रविधि र विशेषज्ञ डाक्टर पनि हामीकहाँ कुनै विदेशी अस्पतालभन्दा कम छैनन्,’ उनले भने।

केही वर्षअघिसम्म मिर्गौला फेर्न भारत जानुपर्ने अवस्था थियो। अहिले नेपालमै मिर्गौला प्रत्यारोपण गर्न थालिएको छ। भक्तपुरको मानवअंग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गरिन्छ। यो पनि सरकारी अस्पताल हो।

त्यस्तै, मधुमेहको सबै उपचार पद्धति नेपालका अस्पतालमा राम्रो रहेको वीर अस्पतालका निर्देशक बस्नेत बताउँछन्। ‘हामीसँग लिभर ट्रान्सप्लान्ट छैन, नभए अरु सबै छ,’ उनले भने।

यी वरिष्ठ डाक्टरहरुका अनुसार विदेशमा भएको, तर नेपाली अस्पतालमा नभएको नर्सिङ र सरसफाइ हो। विकसित मुलुकमा बिरामीलाई अस्पतालकै जिम्मामा छाडिन्छ। त्यहाँ सबै काम नर्सले गर्छन्। नेपालमा भने बिरामी कुरूवा बस्नै पर्छ। बिरामीको हेरचाहदेखि कहिले त सरसफाइसम्म आफैं गर्नुपर्छ।

विदेशी अस्पतालहरु व्यवस्थापन र सरसफाइकै कारण नेपालभन्दा राम्रो ठानिने गरेको डाक्टर झाले बताए।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.