Take a fresh look at your lifestyle.
npa 9 suchana

पहिलो उपमेयर महिला फुलटवल प्रतियोगिता भव्यताका साथ शुरु, तिन गोल गर्दै बालमन्दीर फाईनलमा

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट, असार १४ । रौतहट जिल्लाकै ईतिहासमै पहिलो पटक उपमेयर कप महिला फुटबल प्रतियोगिता गौरमा शूरु भएको छ । गौर नरपालिकाको सहयोग तथा बज्जिका विकास केन्द्र नेपालको आयोजना बुधवार साझ ५ बजे देखि गौर राईस मिलमा आयोजित पहिल उप मेयर महिला फुटवल प्रतियोगिता गौर नगरपलिकाका उपमेयर किरण ठाकुलले फुटवल खेल्दै उदघाटन गरेका थिए ।
पहिलो दिनेको खेलमा जुद्ध माध्यमीक विद्यालय गौर र अधारभुत विद्यालय बालमन्दीर गौर विच भएको खेल निधारित ३० मिनेटमा बालमन्दीरले ३ गोला हान्दी फाईनलमा प्रवेश गरेका छन् । अधारभुत विद्यालय बालमन्दीरका जरसी नं. १० मा रहेकी सोनिया पटेलले २ गोल र जरसी नं. १ मा रहेकी निकिता गुप्ताले १ गोल गरे पछि हाप टाईम भएको थियो । हाप टाईम पछिको निधारित ३० मिनेटको सयमयमा दुवै टिमले कुनै गोल गरे पछि अधारभुत विद्यालय बालमन्दीर ३—० ले जुद्ध माध्यमिक विद्यालयलाई हराएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना

विहिवार साझ ५ बजे हुने खेलमा जद्ध माध्यमिक विद्यालय गौर र माध्यमीक विद्यालय टिकुलीया गौर संग हुने आयोजक संस्थाले जनाएको छ । खेलको उदघाटण सत्रमा गौर नरपालिकाका इन्जीनियर नागेन्द्र यादव, लेखा अधिकृत पवन कुमार महतो, आरडिसी नेपालका पारस हुसैन, आईएसडिएनका मुनिन्द्र ठाकुर, संचारकर्मी गौत्म श्रेष्ठ, नेतृ गिता कुश्वाहा, मिसन साक्षरका शिवसंकर पासवान, पत्रकार रामपुकार राउत, नन्दभुषण श्रीवास्तव, सन्तोष पौडेल, सेवा केन्द्रका पुनम ठाकुर, महिला विकास कार्यालयका सावित्रि न्यौपाने, उषा साही, रितु कर्ण लगायतका उपस्थिति रहेको थियो ।
यस्ता फुटवल खेलले महिलाहरुको विकासमा महत्वपुर्ण भुमिका खेल्ने गरेको दर्शकहरु भनाई रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.