

रौतहट २४ भाद्र ।
गरुडा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यभार सम्हालेका उदयदेव कोटाको सरुवा कटहरिया नगर पालिकाको कार्यालयमा भएको छ । विगत नौ महिना देखि गरुडा नगर पालिकामा कार्यरत रहेका देवकोटाको स्थानमा टंक राज पन्थी प्रशासकीय अधिकृतमा आएको थियो । देवकोटालाई नगर प्रमुख , उपप्रमुख र प्रशासकीय अधिकृतले आज विदाई गरेको छ । सो अवसरमा प्रशासकीय अधिकृत देवकोटाले विदाइको दिन गरुडा नगरपालिकामा मैले जुन माया र सम्मान पाएँ मेरो जीवनकै उत्कृष्ट दिनहरु मध्ये एक हो उनले भने । नगर प्रमुख उप प्रमुख तथा जन प्रतिनिधीहरुको कुशल नेतृत्व र सहकर्मी कर्मचारीहरुको असल व्यवहारले मलाइ गरुडामा काम गर्दा कुनै समस्या नपरेको बताए । विदाइ समारोहमा उहाँहरुको माया आँखामा देखिन्थ्यो । म पनि भाव विहल हुँदै जीवन भर नभुल्ने माया मुटुमा सँगालेर नयाँ कार्यक्षेत्र तिर जान गरुडाबाट विदाइ भएको बताए । गरुडा बस्दा मलाइ सहयोग गर्ने नगर प्रमुख उप प्रमुख तथा सवै जन प्रतिनिधी लगायत कर्मचारी सवैमा जीवन भर आभारी रहने बताएका थिए । मेरो उज्यालोका पवित्र गुरुदेव प्रति सादर नमन सहित धन्यवाद दिएको थियो । सो अवसरमा नगर प्रमुख इन्दु राय यादवले प्रशासकीय अधिकृतको काम कारबाई सन्तुष्ट जनक रहेको बताएका थिए ।