Take a fresh look at your lifestyle.
npa 9 suchana

मानवले मानवलाई नै दुःख दिदै आएको —सह काउन्सलर चतुर्बेदी

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट २२ असोज ।
भारतीय महाबाणिज्य दुताबास विरगजका सह काउन्सलर रमेश चतुर्बेदीले २१ औ सताब्दीमा मानवले मानवलाई नै दुःख दिदै आएको बताएका छन । मानव समाज केन्द्र रौतहटद्धारा आयोजित परिचात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलित उत्पीडित , पिछडिएको समुदायलाई उत्थान गर्न सरकारले चाहे पनि समाजमा रहेको अन्धविश्वासले उन्मुतिm पाउन नसकेको बताए । बाल बालिका , वृद्ध , महिला लगायतलाई सरक्षण दिने उदेश्यले स्थापित भएको मानव सेवा केन्द्रलाई उनले धन्यवाद दिदै सराहनीय कार्य भएको बताए । छोरा छोरीलाई पढाइ लेखाई गराएर सक्षम बनाए पनि कति अभिभावकले वृद्ध आश्रममा बस्ने गरेको उदाहरण सहित दुताबास विरगजका सह काउन्सलर चतुर्बेदीले आफनो अवगत सुनाएका थिए । मानव सेवा केन्द्रका अध्यक्ष किरण ठाकुरको अध्यक्षतामा उपाध्यक्ष शिवपुरीले स्वागत गरेका थिए भन्ने कोषाध्यक्ष गगाधर प्रसाद वर्माले धन्यवाद ज्ञापन गरेका थिए । सल्लाहकार श्रीभगवन ठाकुरले मानव सेवा केन्द्रको स्थापना तथा उदैश्यका वारेमा बताएका थिए । सो अवसरमा यमुना माई गाउँ पालिकाका अध्यक्ष श्रीप्रकाश मुखिया , राजदेवी नगर पालिकाका नगर प्रमुख धिरेन्द्र कुमार सिह , उधोगा वाणिज्य संघ रौतहटका अध्यक्ष पडित जयसवाल , पूर्व अध्यक्ष देव प्रयाग गुप्ता , नागरिक समाजका गौरी कान्त मिश्र , विजय किशोर झा लगायतका वतmाहरुले शुभकामना मन्तव्य राखेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.