

,रौतहट २२ असोज
राजदेवी नगरपालिका ९ ब्रहमपुरीका दलित बस्ती अन्धकारमय रहेका छन । ब्रहमपुरीका २० घर परिवारमा बिजुली बती नभएका कारण अन्धयारो बस्न बाध्य भएका हुन । रौतहटका सम्पुर्ण टोल टोलमा विजुली बति रहे पनि ब्रहमपुरीका दलित बस्ती अझ बिजुली पुगेको छैन । तीनीहरु अन्धयारोमा बसेर जीवन यापन गर्न बाध्य रहेको ब्रहमपुरीका युवा नविन सिहले बताए । ब्रहमपुरी वडामा १४ बर्ष अगाडी बिजुली बती जडान भए पनि अहिले सम्म दलित बस्ती अन्धयारोमा बस्न बाध्य छन । वडाका ज्ञन्यमान्य ब्यक्तिहरुको खेत खेत मा बिजुली बती पुगी सकेको अवस्था छ । वडा अध्यक्ष दलित नै निर्वाचित भए पनि दलित बस्तीको पिडा कसैले सुनेका छैनन । राजदेवी नपाले विधुत चुहावट मुक्त बनाउनको लागि बिजुली मिटर समेतको पैसा नपाबाट व्यहोरेका छन । तर दुर्भाग्य योजनामा पनि दलित बस्ती परेन।