Take a fresh look at your lifestyle.
npa 9 suchana

कटहरिया नगरपालिकामा तालाबन्दी खुल्यो

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २५ असोज ।
कटहरिया नगरक्षेत्र अन्तर्गतका शिक्षकहरुको तलव असोज २९ गते भित्रमा दिने सहमति अनुरुप तालाबन्दी खुलेका छन । आन्दोलनमा उत्रेका शिक्षक र कटहरिया नगरपालिकाका उप मेयर नुरजहाँ खातुन बिच बुधवार अपरान्ह दुईपक्षिय लिखित सहमति भएपछि तालाबन्दी खुल्लेका हुन ।
शिक्षकहरुले तलव निकासाको लागी ध्यान केन्द्रित गराउन गत १८ गते जिल्ला प्रशासन कार्यालय,जिल्ला शिक्षा कार्यालय र नगरपालिकाको कार्यालय कटहरियामा ज्ञापनपत्र बुझाउदाँ पनि समस्या समाधान नहुँदा नगरपालिकाको मुलगेटमा तालाबन्दी गरेको थियो ।
कटहरिया नगरक्षेत्र अन्तर्गतका २४ वटा बिधालयका १सय ५० जना शिक्षक र बिधालय कर्मचारीका गरी झण्डै १ करोड ५०लाख रुपैया तलव बक्यौता रहेको कटहरिया १ मावि भसेढवाका प्रधानाध्यापक राम मंगल यादवले बताएका छन । नगरक्षेत्र अन्तर्गतका स्वास्थ्य,कृषी र नगरपालिकाका कर्मचारीले पनि दशैको मुखमा तलव पाउन सकेका छैनन। नगरक्षेत्र अन्तर्गतका कर्मचारीहरुको झण्डै ५० लाख रुपैया तलव निकासा हुन न सकेको कटहरिया नगरपालिकाका कार्यकारी प्रमुख उदय देवकोटाले बताए । कटहरिया नगरपालिकाको दोस्रो नगरसभा हुन नसकी आन्तरिक लेखा परीक्षण हुन नसकेकाले कोषलेखा नियन्त्रण कार्यालय बाट शिक्षक लगायत अन्य कर्मचारीको तलव निकासा नदिएको नगरपालिकाका अधिकृत देवकोटाले बताए । यसै गरी रौतहटका १८ वटा स्थानीय तहका कर्मचारीहरुले तलब पाएका छैन । आन्तरिक लेखा परिक्षण तथा नगर सभा हुन नसकेकोले तलब निकासा नभएको कोष तथा लेखा नियन्त्रण कार्यालय गौरले जनाएको छ । स्थानीय तहका विभिन्न वडा अध्यक्ष , उप मेयर , मेयरको तालमेल नभएकोले नगर सभा हुन नसकेको बुझिएको छ । १८ स्थानीय तह मध्ये गौर नगर पालिका , परोहा , मौलापुर ,गरुडामा नगर सभा सम्पन्न भएको छ ।गौर नगर पालिकामा निकासा गइ सकेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.