Take a fresh look at your lifestyle.
npa 9 suchana

विजयदशी तथा दिपावली छठ पर्वको शुभकामना आदान प्रदान सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट २६ असोज ।
गौर नगरपालिकाले हिन्दुहरुको महान चाडपर्व विजयदशी तथा दिपावली छठ पर्वको शुभकामना आदान प्रदान गरेका छन । शुभकामना आदान प्रदान कार्यक्रमको सम्बोधन गर्दै गौर नगरपालिकाका प्रवक्ता शेष जमसैदले धर्मसंस्कृितको सम्मान गर्दै शुक्रवार हिन्दूहरुको महान पर्वको रुपमा रहेको दसै, दिपावली र छठको उपलक्ष्यमा सम्पूर्ण नगरवासीको शुभकामना दिदै गतवषर््ा धेरै विकास निमार्णका कार्यक्रमहरु सम्पन्न गर्न सफल भएको बताए । चालु आर्थिक वर्षको काम छठ पछि तिब्र गतिमा शुरु हुने प्रवक्ता जमसैदले भन्दै हाम्रो सवै जनप्रतिनिधिहरु युवा भएको हुदाँ जनताको चाहना अनुरुपको विकाश गर्ने तत्पर रहेको बताए । गौर नगरपालिका जिल्ला कै नमूना नगरपालिका र देश कै ट्प टेन मा पर्ने नगरपालिका बनाउन कोसिस जारी रहेको बताए । प्रवक्ता जमसैदले दसै, दिपावली र छठको पावन अवसरमा गौर नगरवासी तथा संचारकर्मीहरुलाई प्रगति उन्नती सुख शान्ति अमनचयनको शुभकामना दिएका छन ।सो अवसरमा नेपाल पत्रकार महासंघ रौतहटका पूर्व अध्यक्ष शैलेन्द्र कुमार गुप्ताले, गौर नगरको विकास जनताले चाहे जस्तो नभएको गुनासो गर्दै, नगर क्षेत्रमा शहरी विकासको आयोजना अन्तरगत भइरहेको निर्माण कार्यप्रति जनता असन्तुष्ट रहेको बताए । गौर नगरपालिकाले असन्तुष्ट जनतालाई संन्तुष्ट पार्ने कार्यप्रति चासो दिनुपर्ने बताए ।नगरपालिकाले गर्ने हरेक विकाश निमार्णमा संचारकर्मीहरु हरसम्भव सहयोग गर्ने बताउदै पुर्व अध्यक्ष गुप्ताले गौर नगरवासी तथा संचारकर्मीहरुलाई प्रगतिको शुभकामना व्यक्त गरेका थिए । शुभकामना आदानप्रदान कार्यक्रममा जिल्लाका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.