रौतहट १३ पुष ।
जिल्ला परियोजना सल्लाहकार समितिको संयुक्तअनुगमन भ्रमण तथा कार्यक्रमको समिक्षा बैठक शुक्रवार सम्पन्न भएको छ । जनसेवा नेपालको आयोजनामा जिल्ला विकास समन्वय समिति रौतहटका सभापति राम एकवाल राय यादव , जिल्ला विकास शिक्षा समन्वय समिति रौतहटका प्रमुख जय प्रसाद महत , विद्यालयका प्रधानाध्यापक राम अधार पासवान, गरुडा नगर पालिकाका महिला प्रतिनिधि , गरुडा न्यायीक समितिका प्रतिनिधि ,संचारकर्मी ,जनसेवा नेपालका पदाधिकारीहरु लगायतको सहभागितामा जिल्ला परियोजना सल्लाहकार समितिको संयुक्तअनुगमन भ्रमण तथा कार्यक्रमको समिक्षा बैठक सम्पन्न भएको हो । सो बैठकमा सस्थाका निर्देशक भाग्य नारायण महतोले कार्यक्रमको उदेश्य ,संस्थाको पृष्टभुमि लैङ्गिक हिंसा मुतm विद्यालय कार्यक्म, परियोजना अवधी ,समुदाय स्तरमा संचालन गरिएको कार्यक्म ,विद्यालय स्तरमा संचालन गरिएको कार्यक्रम ,उपलब्धी ,समस्या , चुनौती ,सिकाई वारेमा जानकारी गराइएको थियो । यसै गरी माध्यमिक विद्यालय नयाँ गम्हरियाका संयुक्तअनुगमन गरिएको थियो । सो अवसरमा लैङ्गिक हिंसा मुतm विद्यालय कार्यक्म वारे विद्यार्थीहरुबाट जानकारी लिएको थियो ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
अर्को
- प्रतिक्रिया
- Facebook Comments