

, रौतहट १२ पुष ।
शौचालय सहितको घर ,रौतहटवासकिो रहर मुल नारा सहित जिल्ला खुल्ला दिशामुतm क्षेत्र घोषणाको तयारी सम्बन्धी विहीवार खानेपानी तथा सर सफाई डिभिजन कार्यालय प्रमुख अनिल प्रसाद केसरीले पत्रकार सम्मेलन आयोजना गरी बताएका छन । आ.व २०७२।०७३ देखि २०७४।०७५ सम्ममा ५ करोड ९५ लाख ५१ हजार ५ सय ८४ रुपैयाँको खर्चले खुल्ला दिशामुतm क्षेत्र घोषणा हुने तयारीमा रहेको उनले बताए । नेपालको ६३ औ र प्रदेशको तेस्रो खुल्ला दिशामुतm क्षेत्र घोषणा रौतहट १४ गते पुष हुने निश्चित भएको प्रमुख केशरीले बताए । रौतहटमा १ लाख ४ हजार ७६ घर धुरी मध्ये २ हजार ५ सय ७६ घर धुरी परिवारले अन्य साझेदारको शौचालय प्रयोग गर्दै आएको उनले सो अवसरमा बताएका छन । खुल्ला दिशामुतm कार्य पुर्ण सरसफाई अभियानको पहिलो खुडकिलो हो उनले बताउदै सर सफाईको यात्रा अझै लामो छ भने । नेपाल सरकारको सविधान तथा स्थानीय सरकार संचालन ऐनमा व्यवस्था गरे अनुसार मुख्य रुपमा स्थानीय तहहरुको जिम्मेवारी रहेको बताएका थिए ।